• १० वैशाख २०८३, बिहिवार
  • २१ °C काठमाडौं
बाँसगढीमा सामुदायिक विद्यालयका प्राथमिक तहमा अंग्रेजी माध्यमबाट पढाईने 

विन्दु चौधरी, १२ वैशाख, बाँसगढी (बर्दिया) । बर्दियाको बाँसगढी नगरपालिकाका सामुदायिक विद्यालयको प्राथमिक तहसम्म अंग्रेजी माध्यमबाट पढाइ संचालन गर्ने निर्णय गरिएको छ । नगरपालिकाले यसै बर्षको नयाँ शैक्षिक शत्रदेखि अंग्रेजी माध्यमबाट पढाइ संचालन गर्ने निर्णय गरेको हो । 

बाँसगढी नगरपालिकाका नगरप्रमुख खड्क बहादुर खड्काले नगरपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि दुई दिने बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरका ४० वटा सामुदायिक विद्यालयको आधारभुुततह कक्षा एकदेखि ५ सम्म अंग्रेजी माध्यमबाट पठन पाठन संचालन गरिने शिक्षा समितीबाट निर्णय भएको बताउनु भएको छ । अब नगरभित्र टिउसन, कोचिंङ कक्षा बन्द गर्ने र अंग्रेजी, गणित, विज्ञान विषयगत शिक्षकले विद्यालयमा नै पढाउने ब्यवस्था मिलाएका छौं । उहाँले भन्नुभयो उनीहरुलाई थप सुविधा नगरपालिकाले नै ब्यहोरर्ने गरि ब्यवस्था मिलाउँछौं । सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी अङ्ग्रेजी विषयमा कमजोर भएकाले उनीहरुको पढाईमा सुधार गर्न खोजिएको छ । 

अहिले अभिभावकहरुले समेत आफ्ना छोराछोरीलाई अङ्ग्रेजी माध्यमबाट पठन पाठनमा जोड दिएको पाईएको छ । सामुदायिक विद्यालयबाटै अङ्ग्रेजी माध्यमको पढाईले विद्यार्थीको सिकाईमा सहजिकरण गर्ने कामको सुरुवात गर्न थालेको नगरप्रमुख खड्काको भनाई छ । शैक्षिक गुणस्तर सुधारका लागि दुई दिने बृहत अन्तरक्रियामा बाँसगढी नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका करिव ४ सय ९५ जना शिक्षक शिक्षीकाहरु सहभागी थिए । अन्तरक्रियामा कालिका मानवज्ञान माध्यमिक विद्यालय बुटवलका प्रधानाध्यापक घनश्याम पाठकले सहजीकरण गर्नु भएको थियो । 

सबै बालबालिकाहरुको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नारासंगै शुरु भएको भर्ना अभियानले विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई भर्ना गराइ शिक्षा सम्बन्धी नेपालको संविधान मौलिक हकको धारा (३१) कार्यान्वयनलाई सुनिश्चित गर्ने लक्ष्य लिईएको छ । बाँसगढी नगरपालिका भित्रका विद्यालय ब्यवस्थापन समिती, शिक्षक अभिभाव संघ, प्रधानाध्यपक तथा शिक्षकहरु र स्थानिय सरकारको सहभागितामा शैक्षिक गुणस्तरका लागि आयोजना गरिएको बृहत अन्तरक्रियाका सहभागीहरले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने, सहभागिता जनाउने र सक्रिय रही योगदान गर्ने सामुहिक प्रतिवद्धता समेत जनाएका छन् ।

सम्बन्धित समाचार

Facebook Comments