• ११ वैशाख २०८३, शुक्रवार
  • २० °C काठमाडौं
राजापुरका प्रमुख प्रशासकिय अधिकृत माथी 'अभद्र व्यवहार' : 'आरोप मिथ्या हो' आरोपित वडाध्यक्ष 

केशव कोइराला, ११ वैशाख, राजापुर (बर्दिया) । राजापुर नगरपालिकाका कर्मचारीहरुले बिज्ञप्ती जारीगर्दै नगर उपप्रमुख मनकला कुमारी चौधरी समक्ष ध्यानाकर्षण गराएका छन् । राजापुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष रामचन्द्र चौधरीले नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जंग शाहीलाई अपमान तथा अभद्र व्यवहार गरेको भन्दै उनीहरुले बिज्ञप्ती जारी गरेका छन् । 

नियमित कामकाजमा खटिएका बेला एक्कासी कार्यकक्षमा आइ स्थानिय सरकारका जिम्मेवार वडा अध्यक्षले गरेको दुव्र्यवहारले सिंगो कर्मचारीको मनोवल गिरेको कर्मचारीहरुले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । अभद्रपुर्ण व्यवहारको छानबिनगरी दोसीलाइ कार्वाही गर्न विज्ञप्ती मार्फत राष्ट्रसेवक कर्मचारीलाई शान्तीपूर्ण वातावरणमा काम गर्न र कर्मचारीको बाच्नपाउने अधिकारको पूर्ण सुनिश्चितता गर्न जोडदार माग गरिएको छ । 

यसैबिच राजापुर नगरपालिका वडा नं २ का अध्यक्ष रामचन्द्र चौधरी र नेपाली कांग्रेस राजापुरका कार्यवाहक सभापती कमल पाण्डेद्वारा अलग अलग जारी बिज्ञप्तीमा कर्मचारीले जारीगरेको बिज्ञप्तीको खण्डनगर्दै उक्त आरोप मिथ्या भ्रामक भएको बताईएको छ । बुढीकूलो उपभोक्ता सरसफाइ समितीले राजापुर नगरपालिकाको बजेटवाट मुहान ओखरिया इन्टेक सरसफाइ योजना स्वीकृत भई प्रमुख प्रशासकिय अधिकृत शाहीवाट कार्यादेश लिई काम सम्पन्न गरेकोमा बजेटको निकाशा दिन आलटाल गरेको विज्ञप्तीमा उल्लेख छ । 

उपभोक्ता समितीको गुनासो आएकाले रकम निकासा केकती कारणले रोकिएको भनि नगरपालिकामा जाँदा प्रमुख प्रशासकिय अधिकृत शाहीले निकासा रोकिदिने भन्दै चूनौति दिएकोमा प्रतिवाद गरेको उल्लेख गरिएको छ । पालिका कर्मचारीहरुले सत्य तथ्य सवाललाई बङ्गाएर सामाजिक मान प्रतिष्ठा चरित्रहत्या गर्न खोजिएको वडाध्यक्षको जारी बिज्ञप्तीमा भनिएको छ ।

सम्बन्धित समाचार

Facebook Comments