बर्दिया राष्ट्रिय निकुञ्जतर्फ कर्णालीको मुहान खोलिंदै (भिडियो)
विष्णु अधिकारी, ९ वैशाख, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तुहरुलाई पानीको अभाव हुन नदिनका लागि कर्णाली गेरुवा नदीमा निकुञ्ज तर्फको बन्द भएको मुहान खोल्ने काम शुरु भएको छ । कर्णाली नदीको वहाव परिवर्तन भएसंगै गेरुवा नदीको मुहानमा पानी आउन छाडेको थियो ।
जसका कारण निकुञ्जका वन्यजन्तुहरुलाई पानीको अभाव हुदै आएको छ । कर्णाली नदीको पानी बग्ने क्रममा निकुञ्ज तर्फको मुहानमा नदिजन्य पदार्थहरु थुप्रिएपछि कैलाली तर्फ पानिको बहाव बढ्को हो । नदीजन्य पदार्थको उत्खनन र प्राकृतिक कारण बर्दिया राष्ट्रिय निकुञ्जको लालमाटी क्षेत्रको निकुञ्जतर्फ पानी वग्ने स्थानमा करिव २ कि.मी.क्षेत्रमा नदीजन्य पदार्थ थुप्रीएका कारण पानी वन्यजन्तुको वासस्थान तर्फ जान पाएको थिएन । पानी अभावसंगै बाघ, गैडा, हात्ती लगायत अन्य वन्यजन्तुहरुलाई समस्या देखिन थालेका कारण बर्दिया राष्ट्रिय निकुञ्ज तथा किसानहरुको समस्या समाधानका लागि लुम्बिनी प्रदेश सरकारबाट जिल्ला सिँचाई डिभिजन कार्यालयमा आएको २ करोड रुपैयाबाट पानिको मुहान खोल्ने काम शुरु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले जानकारी दिए ।
९ सय ६८ वर्ग किलोमीटर क्षेत्र फलमा फैलिएको बर्दिया राष्ट्रिय निकुञ्ज तराईकै ठूलो निकुञ्ज हो । पाटेबाघको मुख्य वासस्थानको रुपमा रहेको यस निकुञ्जमा पानीको समस्या हुँदै आएको थियो । मुहान खुलेपछि धारामा पानी नआउने तथा वन्यजन्तुका लागि समेत पानीको समस्या समाधान हुने प्रमुख रामले बताए । बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तुका लागि करिब १० बर्ष देखि पानीको अभाव रहदै आएकोमा अब भने वन्यजन्तुलाई केही राहत हुने निकुञ्जको भनाई छ । निकुञ्ज ऐनलाई बदलिदो परिवेस अनुसार परिमार्जित गर्न नसक्दा नेपालमा संरक्षणमा थप चुनौती बन्दै गएको छ । पानी अभावका कारण वन्यजन्तुको साथसाथै ठाकुरबाबा नगरपालिकाका किसानलाई पनि समस्या भईरहेको छ ।
सिँचाई नहरमा समेत पानीको कमी हुदा किसानले खेतमा सिँचाई गर्न पाएका छैनन् । पानीको वहाव कम भएसंगै त्यस क्षेत्रका वस्तीका जमीनमुनी पनी पानीको कमी देखिएपछि किसान चिन्तित भएका थिए । जथाभावी रुपमा स्थानीय तहले मनोमानी ढंगबाट नदीजन्य पदार्थहरु उत्खनन गर्न दिएका कारणपनि दिनप्रतिदिन पानीको अभाव हुन थालेपछी वन्यजन्तु तथा मानवलाई नै पानीको अभाव हुदै गएको स्थानीय किसानहरुको भनाई छ । जसका कारण ठाकुबाबा क्षेत्रमा किसानहरुले चैतेधान समेत लगाउन छोडेका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा जानकालागि लालमाटीमा अवरोधको रुपमा रहेको नदीजन्य पदार्थलाई राज्यले लामो समय पछि हटाउन सुरु गरेपछि संरक्षणकर्मी तथा किसानहरु खुशी भएका छन् ।
२० °C काठमाडौं
Facebook Comments