• ११ वैशाख २०८३, शुक्रवार
  • २० °C काठमाडौं
सामुदायिक वनबाट सल्किएको आगोले घरमा आगलागी 

विन्दु चौधरी, ७ वैशाख, बाँसगढी (बर्दिया) । बढै्याताल गाउँपालिकाको शिवशक्ति सामुदायिक वन बकोटियामा सल्किएको आगोले राम बहादुर विकको कच्ची घर जलेको छ । साविकको कालिका गाविस ९ नम्वर पर्ने त्रिपुरा सामुदायिक वनबाट सल्किको लागो बढैयाताल वाड नं ७ बकोटियाको जंगलमा समेत फैलिदा बकोटिया गाउँका करिव ३५ घरको पराल र काटेर थुपारिएको खर जलेर नष्ट भएको बढै्यताल गाउँपालिका वाड नं ७ का वडा अध्यक्ष राधेश्याम थारुले जानकारी दिनुभयो । 

त्रिपुरा सामुदायिक वन र शिबशक्ति सामुदायिक वनमा लागेको आगलागी नियन्त्रणमा लिन बाँसगढी नगरपालिकाको दमकल र गुलरियाको २ वटा दमकल प्रयोग गरिएका छन् । स्थानिय, इलाका प्रहरी मैनापोखर, प्रहरी चौकी कालिका, सशत्र प्रहरी गुल्म लगायतको सहायताले आगो नियन्त्रणमा लिईएको अध्यक्ष थारुले जानकारी दिनुभयो । सामुदायिक वन नजिकका बस्ती बर्मेली टोल, पचासाको जंगल क्षेत्रमा भएका बस्ती उच्च जोखिममा रहेको अध्यक्ष थारुको भनाई छ । आगलागी कसरी लागेको भन्ने बारेमा यकिन विवरण आउन सकेको छैन ।

सम्बन्धित समाचार

Facebook Comments