दलित महिला संघमा आवद्ध समूहका महिलालाई विउ पूँजी
संजय आचार्य, २८ फागुन, बर्दिया । दलित महिला संघ बर्दियाले समूहका महिलाहरुलाई ब्यवशायी बनाउन विउ पूँजी वितरण गरेको छ । संस्थाको समूहमा आवद्ध विभिन्न महिलाहरुलाई एक कार्यक्रमका विच मधुवनमा विउ पूँजी वितरण गरिएको हो ।
समग्र विकासको अवरोध जातिय तथा लैङ्गिक विभेद भन्ने नारासहित उद्यम विकास प्रर्वद्धनका लागि विउ पूजी वितरण कार्यक्रम वर्दियाको मधुवनमा सम्पन्न भएको छ । एफजेएसको आर्थिक सहयोग र दलित महिला संघ बर्दियाको आयोजनामा भएको कार्यक्रममा दलित महिला संघकी संयोजक हिमा सुनारले समुहमा आवद्ध महिला दिदी बहिनीहरुलाई समूह मार्फत व्यवसाय सञ्चालन गर्नका निमित्त रकम हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा मधुवन नगरपालिकामा रहेका माहिला दिदी बहिनीहरुलाई नगर प्रमुख तेज बहादुर भाटले चेक हस्तान्तरण गर्नुभएको छ । कार्यक्रममा कालिका महिला समूह, बबई महिला समूह, गुरांस महिला समूह, सहारा महिला समूह र ज्योती महिला समूहमा आवद्ध १५ जनालाई करीब २ लाख बढी पूँजी हस्तारन्तान्तरण गरिएको थियो । समुहमा आवद्ध महिलाहरु मध्ये लक्ष्मी सुनारले चटपटे पसल सञ्चालन गर्ने बताउनु भयो । रकमको चेक प्राप्त गरेपछी खुसी हुदै आफूले केही गर्ने आँट आएको उहाँको भनाई छ ।
यस्तै सहभागी उर्मिला विकले प्राप्त रकमबाट बाख्रा पालन गर्ने बताउनु भयो । आफूले अहिले एउटा ब्राखा पालेको यसमा प्राप्त रकमबाट थप बाख्रा किनेर व्यवसायीक रुपम अघि बढ्ने वहाँले बताउनु भयो । कार्यक्रममा मधुवन नगरपालिका महिला तथा बालवालिका शाखाकी प्रमुख इन्द्रा चुनाराले महिला आत्मनिर्भर भए घरेलु हिंसामा कमी आउनुका साथै घर परिवारमा समेत आर्थिक भार कम हुने आफ्नो धारणा राख्नु भयो । समूहमा आवद्ध माहिलाले प्राप्त रकमले आफ्नो आम्दानीको बाटो बनाउने विस्वास उहाँको छ ।
महिला शसक्तिकरणका विषयमा मधुवन नगरपालिकाले विभिन्न तालिमका साथै कार्यक्रमहरु गर्दै आएको जानकारी गराउँदै मधुवन नगरपालिकाका प्रमुख तेज बहादुर भाटले तालिम मात्रले नपुग्ने भएकाले आफूले लिएको ज्ञान तथा सिपको प्रयोग गर्नुपर्ने सुझाव दिनु भयो । आजको अवस्थामा माहिलाले पनी आफ्नो आम्दानी आफै गर्न सिक्नु पर्नेमा प्रमुख भाटको जोड छ । कार्यक्रममा महिला समूहका सदस्य, नगर प्रवक्ता मेख वहादुर गुरुङ्ग, संचारकर्मी लगायत सरोकारवाला हरुको उपस्तिथी रहेको थियो ।
२८ °C काठमाडौं
Facebook Comments