• १७ जेठ २०८३, आइतवार
  • २० °C काठमाडौं
दादुरा–रुवेला खोप अभियान सफल बनाउन बारबर्दियामा अभिमुखीकरण

बारबर्दिया, १२ फागुन । दादुरा रुवेला खोप अभियान सफल बनाउनका लागि बारबर्दिया नगरपालिकाले नगरस्तरीय खोप समन्वय समिति तथा सरोकारवाला निकायहरुलाई शुक्रबार अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी संचालन गरिएको छ । फागुन १३ देखि १८ गतेसम्म संचालन हुने राष्ट्रिय खोप अभियानको बारेमा जानकारी तथा प्रचारप्रसारमा सहयोग पुग्ने उदेश्यले अभिमुखिकरण गरिएको हो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा सन् २०२६ सम्ममा दादुरा र रुवेला रोग निर्वारण गर्ने लक्ष्य अनुसार अभियान संचालन गरिएको छ । अभियानका लागि ५७ वटा खोप केन्द्रमा ४० जना स्वास्थ्यकर्मी र २ सय भन्दा बढि स्वयमसेवक परिचालन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले बारबर्दिया नगरपालिकामा दादुरा रुवेला खोप अभियान कार्यक्रमलाई सफल बनाउनका लागि नगरपालिकाका सम्पुर्ण संयन्त्र तथा सारोरकावालाहरुलाई सक्रिय तथा क्रियाशिल हुन अनुरोध गर्नु भएको छ । खोप अभियानको बारेमा जानकारी बस्ती बस्तीसम्म पुर्याउनु पर्ने बताउनु भएको छ । 

बारबर्दिया नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको गोष्ठीका अभियानको बारेमा जानकारी तथा स्वागतगर्दै स्वास्थ्य शाखा प्रमुख डिल्लीराज शर्माले खोप लगाउन छुटहुन सक्ने समुदाय, वर्ग सम्म पुर्याउनका लागि कार्यनीति अविलम्बन गर्नु पर्ने बताउनु भएको छ । स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक टिकाराम वली खोप अभियानको आवश्यकता तथा औचित्य, दादुरा रुवेला खोप अभियानमा नियमित खोप सेवा सुदृढीकरण, अभियान सफलता पुर्वक संचालन गर्न गराउन स्थानीय तहको साधन स्रोत जुटाउन र परिचालन गर्नमा सरोकारवालाहरुलाई समन्वय र सहकार्य गर्ने बारेमा जानकारी गराउनु भएको छ ।  खोप अभिानका लागि विद्यालय, ईटाभट्टा तथा बालबालिका जम्मा हुने वा छुट हुन सक्ने स्थानमा खोप केन्द्र संचालन गर्न जानकारी गराउनु भएको छ । ९ महिना देखि १५ बर्ष उमेर समुहका बालबालिकालाई खोप लगाउने अभियानमा समाबेश गराईने बारेमा जानकारी गराईएको छ । अभियानमा स्वास्थ्यकर्मी, महिला स्वयमसेविका, स्वयमसेवक परिचालित हुने कार्यक्रम रहेको छ । 

सम्बन्धित समाचार

Facebook Comments