• ११ वैशाख २०८३, शुक्रवार
  • २८ °C काठमाडौं
गुलरिया बजार क्षेत्रका पूर्वाधार ब्यवस्थीत गर्ने नगरकार्यपालिकाको निर्णय

बर्दिया, ११ फागुन । गुलरिया बजार क्षेत्रको सडक, विद्युतिय, खानेपानी तथा टेलिकमका पूर्वाधारहरु ब्यवस्थित गर्ने निर्णय गरिएको छ । गुलरिया नगर कार्यपालिकाको बैठकले बजार क्षेत्र विकासका लागि ६ वटा निर्णयगर्दै सडक तथा विद्युतिय पूर्वाधारहरु ब्यवस्थित गर्ने निर्णय गरेको हो ।

गुलरिया नगर कार्यपालिकाको वैठकले गुलरिया बजार क्षेत्रको सडक एवम् विद्युतका पोल तारहरु, खानेपानीका पाईप लगायत टेलिकमका पोलहरु ब्यवस्थित गर्ने निर्णय गरेको गुलरिया नगरप्रवक्ता शुधांसु प्रकाश शर्माले जानकारी दिए । वैठकमा २८ औं कार्यपालिकाको वैठकमा भएका निर्णयहरु कार्यान्वयनको अवस्थाका सम्बन्धमा समिक्षा भएको छ । लुम्बिनी प्रदेशबाट नपाले पाउने सहयोग प्राप्तीको लागि अनुरोध गर्ने निर्णय पालिकाले गरेको छ । उनले भने गुलरिया नगरपालिका वडा नं. ६ जिल्ला प्रहरी कार्यालय देखि भादा पुल सम्म जाने ४–लाईन वाटोको विचमा रहेको डिभाइडरमा प्रयोग भएको कर्भस्टोन हटाई कर्भस्टोन तथा कालोपत्रे सडक गुणस्तरीय रुपमा तत्काल निर्माण कार्य अगाडी बढाउन सडक विभाग नेपालगंजलाई अनुरोध गर्ने निर्णयसँगै सो क्षेत्रमा निर्माण गरिएको नालामा ढक्कन नभएका कारण दिनहु दुर्घटना भैरहेकोले निर्माण गरिएको नालीमा तत्काल ढक्कन व्यवस्था गर्नका लागि अनुरोध गर्ने निर्णय गरिएको छ ।

त्यस्तै गुलरिया नगरपालिका वडा नं. ६ जिल्ला प्रहरी कार्यालयकबाट कृषि विकास बैंक चोकसम्म नगरपालिका कार्यालयबाट कालोपत्रे सडक निर्माण भैरहेको र उक्त सडक क्षेत्रको मध्य भागमा खानेपानीको पाइप लाईन रहेकाले उक्त पाईप निर्माण गरिएको नालि भन्दा वाहिरबाट लगाउनु पर्ने देखिएकोले सोको लागि लाग्ने खर्च गुलरिया नगरपालिकाको म्याचिङ्ग फण्डबाट भुक्तानी हुने गरि कार्य अगाडी बढाउने निर्णय गरिएको छ । वंगलामुखि राधाकृष्ण स्कुल चोकबाट कृषि विकास बैंक जाने सडक खण्डको मध्य भागमा नेपाल टेलिकमको फाइवर नेटवर्कको एफडीसी ००४ रहेकाले तत्काल सो एफडीसी ००४ लाई नाला भन्दा वाहिर राख्ननका लागि नेपाल टेलिकमलाई अनुरोध गर्ने निर्णय कार्यपालिकाले गरेको उनले बताए । 

गुलरिया नगरपालिका वडा नं. ६ जिल्ला प्रहरी कार्यालयकबाट कृषि विकास चोकसम्म जाने सडक अन्तर्गत खानेपानी अगाडी रहेको ११ के.भि.ए हाई टेन्सन लाईन स्थानीय नागरिकको घरमाथि बाट गएको हुँदा भविस्यमा हुनसक्ने दुर्घटनालाई मध्य नजर गरि उक्त हाई टेन्सन लाईनलाई अन्डर ग्राउन्ड प्रविधिबाट विद्युत कार्यालयको गेटबाट लैजाने गरि आवश्यक सहयोगका लागि विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्रलाई अनुरोध गर्ने निर्णय गरिएको उनले जानकारी दिए । 

सम्बन्धित समाचार

Facebook Comments