डफैयालाई हराउँदै फूलवारी (ए) सेमीफाईनलमा
गुलरिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ स्थित बालापुरको खेल मैदानमा भैरहेको प्रथम फूलबारी कप फूटवल प्रतियोगितामा डफैयालाई हराउँदै फूलवारी युवा क्लव (ए) पनि सेमिफाईनलमा पुगेको छ । फूटवल खेलमा ५–२ गोल अन्तरले डफैयालाई फूलवारीले पराजीत गरेको छ ।
फूलवारी युवा क्लव (ए) का फागुराम चौधरीले ३ गोल, शम्भु थारु र मिलन थारुले टीमलाई जिताउन १/१ गोलको योगदान दिएको फूलवारी युवा क्लवका अध्यक्ष आदर्श शर्माले जानकारी दिनुभएको छ । सामाजिक चेतना, स्वाभिमान, विकास र परिवर्तन हाम्रो पहिचान भन्ने नारासहित फूलवारी युवा क्लव गुलरियाको आयोजनामा असोज ४ गतेदेखि प्रतियोगिता शुरु गरिएको छ ।
खेलका लागि गुलरिया नगरपालिका वडा नम्बर १, ४, ५, ६, ८ र ११ ले आर्थिक सहयोग गरेको फूलबारी क्लवका अध्यक्ष शर्माले जानकारी दिनुभयो । खेलका लागि १४ वटा टीम दर्ता भएका छन् । दिउँसो २ बजेदेखि शुरु हुने खेल हेर्नका लागि खेलप्रेमी दर्शकको भिड लाग्ने गरेको छ । प्रतियोगितामा चुरेकुञ्ज डटकम मिडिया पार्टनर रहेको जनाईएको छ ।
२० °C काठमाडौं
Facebook Comments