• १७ जेठ २०८३, आइतवार
  • २० °C काठमाडौं
खोप अभियानमा सरिक हुन नगरवासीहरुमा राजापुर नगरप्रमुखको आग्रह

केशव कोईराला, ११ फागुन, राजापुर (बर्दिया) । राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले दादुरा रुबेला खोपमा सक्रिय सहभागीता जनाउन सवैमा आग्रह गर्नुभएको छ । राजापुर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सरोकारवालाहरु बिचको अन्र्तकृया कार्यक्रममा यस्तो बताउनुभएको हो । 

९ महिनादेखी १५ बर्ष सम्मका सतप्रतिशत वालवालिकामा दादुरा रुवेलाको खोप लगाउन सरिक हुन अभिभावक, स्वास्थ्यकर्मी बरघर लगायत सवैमा प्रमुख थारुले अपिल गर्नुभयो ।  शाखा प्रमुख गणेश अर्यालले दादुरा रुबेलाको परिचय, औचित्य तथा यस्को महत्वका बारेमा जानकारी गराउनु भयो । खोप लगाउन छुट हुने समुदाय, वर्ग, स्थानको पहिचान गरी ती सबैलाई खोप प्रदान गर्ने, कार्यनीति अवलम्बन गर्न स्वास्थ्य संस्थाहरुलाई निर्देशन, सल्लाह र सुझाव दिने, दादुरा–रुवेला खोप अभियान सफलतापूर्वक सञ्चालन गर्न गराउन अभियानले मद्दत पुग्ने विस्वास ब्यक्त गर्नुभयो । 

त्यस्तै स्थानीय तहको साधन स्रोत जुटाउन र परिचालन गर्नमा सरोकारवाला सवैसँग समन्वय गर्ने उद्देश्यले सन्चारकर्मी, विषयगत शाखाका प्रमुख लगायतलाई अभिमुखिकरण गराइएको अर्यालले बताउनु भयो । पालिका स्तरीय अभिमुखिकरण कार्यक्रममा बोल्दै अर्यालले राजापुर नगरपालिकाका १० वटा वडामा ४३ वटा खोप केन्द्रबाट नगरपालिका भरिमा १६ हजार बढी बालबालिकालाई खोप दिने लक्ष्य राखिएको बताउनु भयो । फागुन १३ गते देखी १८ गते सम्म संचालन हुने खोप अभियान मार्फत ९ महिना देखी १५ वर्ष उमेर समुहका बालबालिकालाई खोप लगाईने भएको छ ।

सम्बन्धित समाचार

Facebook Comments