पञ्चांग निर्णायक समितिद्वारा दशैको साईत सार्वजनिक
बर्दिया । पञ्चांग निर्णायक विकास समिति काठमांडौले वडा दशै २०८०को शुभ साईत सार्वजनिक गरेको छ । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुँगेलले विज्ञप्ती जारीगर्दै समितिले निर्णय गरेको साईत सार्वजनिक गर्नुभएको छ ।
विज्ञप्तीमा यस बर्ष असोज २८ गते आईतवार नवरात्र रहेकोले सोदिन चित्रा र वैधृति योग समेत परेको हुँदा उक्त योगको शान्ति गरी विहान ११ बजेर २९ मिनेटमा घटस्थापना गर्नुपर्ने बताईएको छ । २९ गते सोमवार विहान पश्चिम १० बजेर १९ मिनेटमा पश्चिम मोहडा गरी झण्डा फेर्ने साईत छ । कार्तिक २ गते विहीवार पचली भैरवको यात्रा गरिने भएको छ । कार्तिक ४ गते शनिवार फूलपाती, तुलजाभवानी यात्राको साईत विहान ८ बजेर २४ मिनेटमा र स्थिरासनको साईत ९ बजेर ३५ मिनेटमा रहेको जनाईएको छ ।
कार्तिक ५ गते आईतबार महाअष्टमी एवम् कालरात्री, ६ गते महानवमी, र ७ गते मंगलवार विजयादशमी रहेको जनाईएको छ । विजया दशमीको दिन विहान १० बजेर ३७ मिनेटमा देवी विर्सजन र ११ बजेर २ मिनेटमा पश्चिम मोहडा गरी वडा दशैको टीका लगाउने साईत बताईएको छ । त्यस्तै विजया दशमीको दिन विहान ९ बजेर २ मिनेटमा तुलजाभवानी यात्रा र १० बजेर ३ मिनेटमा स्थिरासन तथा खड्गयात्राको साईत विज्ञप्तीमा उल्लेख गरिएको छ । कार्तिक १० गते शुक्रवार अखिलबलिपूर्ति र कार्तिक ११ गते कोजाग्रत ब्रतको साईत छ ।
२१ °C काठमाडौं
Facebook Comments