खोपको भ्रामक सोच बिरुद्ध सबैले सचेत पारौं : गुलरिया नगरप्रमुख यादव
मुरली गोडिया, ११ फागुन, गुलरिया (बर्दिया) । गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले नगरपालिकाले संचालन गरेको हरेक अभियानलाइ सफल बनाउन पत्रकार लगायत स्थानियले सहयोग गर्नुपर्ने बताउनु भएको छ । सीमावर्ती लगायत नगरका ग्रामीण भेगमा दादुरा बारे चेचक हो भनी खोप नलगाउने जस्तो भ्रम भएकोले खोपका तेस्ता भ्रामक कुराका लागि सबैले नागरिकलार्य सचेत पार्न सहयोग गर्नुपर्ने उहाँको भनाई छ ।
सबैले सहयोगगर्दै गुलरिया नगरपालिकालाइ १ नम्बरमा ल्याउनु पर्ने नगरप्रमुख यादबले आग्रह गर्नुभएको छ । दादुरा–वेला खोप अभियानमा नियमित खोप सेवा सुदृढीकरण गर्नेवारे जानकारी गराउने उदेश्यले अभिमुखिकरण गराइएको छ । गुलरिया नगरपालिका अन्तर्गत स्वास्थ शाखाको आयोजनामा भएको कार्यक्रम शाखा प्रमुख सुनिल पाण्डेले दादुरा रुबेलाको परिचय, औचित्य तथा यस्को महत्वका बारेमा जानकारी गराउनु भयो ।
खोप लगाउन छुट हुने समुदाय, वर्ग, स्थानको पहिचान गरी ती सबैलाई खोप प्रदान गर्ने, कार्यनीति अवलम्बन गर्न स्वास्थ्य संस्थाहरुलाई निर्देशन, सल्लाह र सुझाव दिने, दादुरा–वेला खोप अभियान सफलतापूर्वक सञ्चालन गर्न गराउन स्थानीय तहको साधन स्रोत जुटाउन र परिचालन गर्नमा सरोकारवाला सवैसँग समन्वय गर्ने उद्देश्यले सन्चारकर्मी, विषयगत शाखाका प्रमुख लगायत अभिमुखिकरण गराइएको पाण्डेले बताउनु भयो । पालिका स्तरीय अभिमुखिकरण कार्यक्रममा बोल्दै पाण्डेले गुलरिया नगरपालिकाका १२ वटा वडामा ८५ वटा खोप केन्द्रबाट नगरपालिका भरिमा २३ हजार २ सय ३८ जना बालबालिकालाई खोप दिने लक्ष्य राखिएको बताउनु भयो ।
यसैबिच पालिका भित्र पत्रकारसँग दादुरा रुवेला खोपको महत्ववारे जनचेतना अभिवृद्धि गर्नमा प्रचार प्रसार गर्ने, लक्षित उमेरका सबै वालवालिकाले अभियानमा खोप लिन लगाउन सहयोग गर्ने, दादुरा–रुवेला खोप अभियानवारे पत्र पत्रिका र अन्य माध्यमवाट प्रचार प्रसार गर्ने, खोप सम्बन्धी भ्रामक समाचारको खण्डन गरेर भ्रम निवारण गर्नमा सहयोग गरीदिने अपेक्षा गरिएको पाण्डेले बताउनु भयो । बर्दियाका ८ वटै पालिकाका बालबालिकाले दादुर रुवेला खोप पाउने भएका छन । फागुन १३ गते देखी १८ गते सम्म संचालन हुने खोप अभियान मार्फत ९ महिना देखी ५ वर्षका बालबालिका र ५ वर्ष देखी १५ वर्ष उमेर समुहका बालबालिकालाई खोप लगाईने भएको छ ।
२० °C काठमाडौं
Facebook Comments