पहिलो चरणको अन्तिम फूटवलमा फूलवारीकै जीत
गुलरिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ स्थित बालापुरको खेल मैदानमा भैरहेको प्रथम फूलबारी कप फूटवल प्रतियोगिताको चौथो दिन अन्तिम चरणको पहिलो खेलमा फूलवारी युवा क्लव (बी) विजयी भएको छ । मटेरिया एफसीलाई पराजीतगर्दै आयोजक टीमले जीतेको हो ।
फूलवारी युवा क्लवले २–० गोल अन्तरले मटेरिया एफसीलाई पराजीत गरेको फूलवारी युवा क्लवका अध्यक्ष आदर्श शर्माले जानकारी दिनुभएको छ । टीमलाई जिताउन फूलवारी क्लवका प्रख्यात परियार र धिरेन शाही ठकुरीले १÷१ गोलको योगदान गरेका हुन् । सोमबार हुने भनिएको केएफसी नेपालगञ्ज र ठाकुरबाबा युवा समाज विच हुने खेल नेपालगञ्जका खेलाडी समयमा आउन नसकेपछि रोकिएको छ । ग्रुप ए बाट फूलवारी युवा क्लव (ए) र श्रृजनशिल युवा क्लव डफैया तथा फूलवारी युवा क्लव (सी) र एफसी ईगल युथ क्लव (बी) सुहेलवा विच प्रतिस्पर्धा हुनेछ ।
ग्रुप बी बाट फूलवारी युवा क्लव (बी) र एन्टीभाईरस युवा समाज बारबर्दिया १ जमुनिया विच स्पर्धा हुनेछ । रोकीएको खेलको बारेमा आयोजकले निर्णय गर्ने जनाईएको छ । असोज १६ र १७ गते सेमिफाईनल तथा असोज १८ गते दिउसो १ बजे फूलबारी कप फूटबलको फाईनल खेल हुने आयोजकले जनाएको छ । सामाजिक चेतना, स्वाभिमान, विकास र परिवर्तन हाम्रो पहिचान भन्ने नारासहित फूलवारी युवा क्लव गुलरियाको आयोजनामा बिहिवारदेखि प्रतियोगिता शुरु गरिएको छ ।
खेलका लागि गुलरिया नगरपालिका वडा नम्बर १, ४, ५, ६, ८ र ११ ले आर्थिक सहयोग गरेको फूलबारी क्लवका अध्यक्ष शर्माले जानकारी दिनुभयो । खेलका लागि १४ वटा टीम दर्ता भएका छन् । दिउँसो २ बजेदेखि शुरु हुने खेल हेर्नका लागि खेलप्रेमी दर्शकको भिड लाग्ने गरेको छ । प्रतियोगितामा चुरेकुञ्ज डटकम मिडिया पार्टनर रहेको जनाईएको छ ।
२० °C काठमाडौं
Facebook Comments