• ११ वैशाख २०८३, शुक्रवार
  • २४ °C काठमाडौं
शैक्षिक गुणस्तर बृद्धिगर्न राजापुर र गेरुवाका प्रधानाध्यापकसँग अन्र्तक्रिया

पुरुषोत्तम खनाल, ९ फागुन, बर्दिया । बर्दियाको भौराक्षेत्रमा शैक्षिक गुणस्तर अभिबृद्धिका लागि प्रधानाध्यापकहरुसँग अन्तरक्रिया गरिएको छ । राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको उपस्थितिमा शिक्षा विकास तथा समन्वय इकाई गुलरिया बर्दियाले राजापुर नगरपालिका वडा नम्बर २ मा अवस्थित श्रीनेपाल राष्ट्रिय माध्यमिक विद्यालय नयाँगाउँमा मंगलवार १ दिने अन्तरक्रिया गरेको हो । 

हरेक वर्ष सरकारले शिक्षा क्षेत्रमा ठूलो धनराशी खर्च गरेपनि आशातीत गुणस्तरमा सुधार नभएको भन्दै वार्षिक परीक्षाको पूर्व सन्ध्यामा दुई पालिकाका स्थानीय शिक्षा शाखा प्रमुख सहित प्रधानाध्यापकहरुवीच अन्तरक्रिया गरिएको शिक्षा विकास तथा समन्वय इकाई बर्दियाको प्रमुख रेविका अमात्यले वताउनु भयो । विद्यालयले गुणस्तर बढाउन गरेको साकारात्मक र राम्रा प्रयास तथा अनुभवहरु साटासाट गर्न र अबका दिनमा समग्र शिक्षा क्षेत्रको गुणस्तर वृद्धिका लागि गर्न सकिने योजनाका वारेमा छलफल गरिएको र छलफल निकै उपलब्धिमूलक भएको उहाँको भनाई छ । 

कार्यक्रममा दुबै पालिकाका आधारभूत र माध्यमिक तहका प्रअहरुको सहभागिता रहेको थियो । राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाबाट सुरु गरिएको अन्तक्रियामा पालिकाको सामाजिक विकास संयोजकलाई समेत समेट्नु पर्ने आवश्यकता महसुस भएकाले आगामी दिनहरुमा उहाँहरुलाई समेत कार्यक्रममा स्थान दिने भन्दै फाल्गुण १० गते विहिवार ठाकुरबाबा र मधुवन नगरपालिकामा शैक्षिक गुणस्तर अभिबृद्धिका लागि प्रधानाध्यापकहरुसँग अन्तरक्रिया कार्यक्रम गरिने शिक्षा विकास तथा समन्वय इकाइले योजना बनाएको अमात्यले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Facebook Comments