• १८ वैशाख २०८३, शुक्रवार
  • २० °C काठमाडौं
फूलबारी कप चौथो दिन : सुहेलवा र फूलवारीको जीत

गुलरिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ स्थित बालापुरको खेल मैदानमा भैरहेको प्रथम फूलबारी कप फूटवल प्रतियोगिताको चौथो दिनको खेलमा सुहेलवा र फूलवारी क्लव विजयी भएका छन् । चौथो दिनको पहिलो खेलमा सुहेलवाले गुजराना र फूलवारीले बालापुरलाई पराजीत गरेका हुन् । 


निर्धारित समयमा दुवै टीमले गोल गर्न नसकेपछि पेनाल्टी शुटआउटका आधारमा एफजी ईगल युथ क्लव (बी) सुहेलवाले ४–३ गोल अन्तरले गुजराना र फूलवारी युवा क्लवले ५–४ गोल अन्तरले वालापुरलाई पराजीत गरेको फूलवारी युवा क्लवका अध्यक्ष आदर्श शर्माले जानकारी दिनुभएको छ । सामाजिक चेतना, स्वाभिमान, विकास र परिवर्तन हाम्रो पहिचान भन्ने नारासहित फूलवारी युवा क्लव गुलरियाको आयोजनामा बिहिवारदेखि प्रतियोगिता शुरु गरिएको छ । 


खेलका लागि गुलरिया नगरपालिका वडा नम्बर १, ४, ५, ६, ८ र ११ ले आर्थिक सहयोग गरेको फूलबारी क्लवका अध्यक्ष शर्माले जानकारी दिनुभयो । खेलका लागि १४ वटा टीम दर्ता भएका छन् । दिउँसो २ बजेदेखि शुरु हुने खेल हेर्नका लागि खेलप्रेमी दर्शकको भिड लाग्ने गरेको छ । प्रतियोगितामा चुरेकुञ्ज डटकम मिडिया पार्टनर रहेको जनाईएको छ ।

सम्बन्धित समाचार

Facebook Comments