बढैयाताल स्थित गोठमा आगलागी हुँदा करिव ४ लाखको क्षति
दलबहादुर सुनार, ८ फागुन, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ८ कण्ठपुरमा एक किसानको गोठमा आगलागी हुँदा चार लाख बराबरको क्षति भएको छ । कण्ठपुर निवासी किसान दामोदर पौडेलको गोठमा गएराती आगलागी भएको हो ।
परालको टौवावाट सल्केको आगोले परालको टौवासँगै गोठ र चौपाय गरी करिव ४ लाख मुल्य बराबरको क्षति भएको बताईएको छ । आगलागीबाट गोठमा बाँधिएका २ भैसी र ३ जर्सी गाई मध्ये एक लैनो भैसीको ज्यान गएको छ भने एक भैसीको पाडी गम्भिर अवस्थामा रहेको छ । आगलागीबाट ३ वटा गाई समेत घाईते भएको पीडित दामोदर पौडेलले जानकारी दिए । अकस्मात आगो देखिए पछि करिब १० मिनेटमा प्रहरी घटनास्थलमा पुगेको कालिका प्रहरीले जनाएको छ । कालिका प्रहरी चौकी, सशत्र प्रहरी बल कण्ठपुर, स्थानिय र बारुणयन्त्रको सहयोगमा आगो निभाउने प्रयास गर्दागर्दै पनि टौवा र गोठ पुर्णरुपमा नष्ट भएको छ ।
एउटा लैनो भैसीको जलेर ज्यान गएको छ । घटनाबाट जलेर घाईते भएको एक भैसीको पाडीको अवस्था गम्भिर छ भने तिन वटा गाई समेत घाईते भएको कालिका प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरिक्षक मोहन बिष्ठले जानकारी दिए । परालको टौवा ठुलो र गोठसंगै रहेको हुँदा आगो निभाउने प्रयास गर्दागर्दै पनि समयमै आगो नियन्त्रण नहुँदा बढी क्षती भएको प्रहरीको अनुमान छ । बिहान करिब सवा ४ बजे आगो नियन्त्रणमा आएको थियो । आगलागिको घटना कसरी भएको हो भन्ने बारेमा अन्ुसन्धान भैरहेको चौकी इन्चार्ज बिष्ठले जानकारी दिए । आगलागि प्रकोपको उच्च जोखममा रहेको बर्दिया जिल्लामा बिभिन्न समय र स्थानमा यसै वर्ष भएको आग लागिका घटना वाट ठुलो जनधनको क्षति भएकोमा हामी सबै लाईलाई थाहा भएको बिषय हो । हावाहुरीसँगै गर्मीको मौसम आउन लागेकोले आगलागीबाट सचेत रहन प्रहरीले आग्रह गरेको छ ।
२७ °C काठमाडौं
Facebook Comments