• १८ वैशाख २०८३, शुक्रवार
  • २० °C काठमाडौं
गुलरिया खेलकुद समितिको संयोजकमा युवराज श्रेष्ठ

बर्दिया । गुलरिया नगरपालिकाको नगर खेलकुद विकास समितिको संयोजकमा युवराज श्रेष्ठ मनोनित हुनुभएको छ । गुलरिया नगरपालिका नगर खेलकुद विकास सञ्चालन तथा ब्यवस्थापन कार्यविधि २०८० को दफा ११ (क) वमोजिम श्रेष्ठलाई संयोजकमा मनोनयन गरिएको हो ।


कार्यविधि बमोजिम नगरपालिका क्षेत्रभित्र स्वच्छ प्रतिस्पर्धाको भावना जागृत गराई खेलकुदको सञ्चालन विकास तथा ब्यवस्थापनमा श्रेष्ठको अहम भूमिका रहने नगरपालिकाले विश्वास लिएको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवद्वारा श्रेष्ठलाई प्रदान गरिएको पत्रमा उल्लेख छ ।


श्रेष्ठ गुलरिया नगरपालिका वडा नम्बर ५ का निवर्तमान वडा सदस्य, नेपाल पत्रकार महासंघ बर्दियाका पूर्व अध्यक्ष, नेपाल प्रेस युनियनका पूर्व केन्द्रिय उपाध्यक्ष, शोधपत्र राष्ट्रिय दैनिक पत्रिकाका सम्पादक एवम् जिल्ला फूटवल संघ बर्दिया, जिल्ला क्रिकेट संघ बर्दियाका पूर्व अध्यक्ष समेत हुन् । खेल तथा पत्रकारिता क्षेत्रमा लामो अनुभव संगालेका श्रेष्ठबाट गुलरिया नगरपालिकाको खेलकुदका क्षेत्रमा फड्को मार्ने विस्वास नगरपालिका एवम् स्थानियको छ ।

सम्बन्धित समाचार

Facebook Comments