• ३२ असार २०८३, बिहिवार
  • २१ °C काठमाडौं
पर्यटन दिवसका अवसरमा पत्रकार सम्मानित

बर्दिया । ४४ औं विश्व पर्यटन दिवसको अवसरमा पत्रकार यादव आचार्यसहित ५ पत्रकार सम्मानित भएका छन् । ठाकुरबाबा नगरपालिकाले सम्पादन गरेका विभिन्न कार्यहरुको जानकारी आम समुदायमा सम्प्रेषण तथा प्रकृति, कला र संस्कृतिको संरक्षण र प्रबद्र्धनमा योगदान पुर्याएको उच्च मुल्यांकनगर्दै पत्रकारहरुलाई सम्मान पत्रसहित सम्मान गरेको हो । 


नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष समेत रहेका आचार्य अन्नपूर्ण पोस्ट्सँगै एपीवान टेलिभिजनमा बर्दियाबाट संवाददाताको रुपमा कार्यरत छन् । उनी चुरेकुञ्ज डटकमका प्रकाशक एवम् सम्पादक हुन् । लुम्बिनी प्रदेस सांसद जन्मजय तिमिल्सिनाले प्रमाण पत्रसहित सम्मान गरेका हुन् । जैविकविविधता संरक्षण, मानववन्यजन्तु द्वन्द न्युनिकरण, पर्यापर्यटन प्रर्बद्धनका सबालमा समेत कलम चलाउँदै आएका छन् ।

आचार्यसँगै पर्यटन दिवसका अवसरमा कान्तीपुर दैनिकका उपसम्पादक कमल पन्थी, उज्यालोकर्मी भावुक योगी, न्युज २४ कर्मी ज्योति पन्थी, नेपाल टेलिभिजनकर्मी डिलप्रकास गौतमलाई सम्मान गरिएको छ । कार्यक्रममा संरक्षणकर्मी रमेश थापासहित २ जनालाई सम्मान गरिएको हो ।

सम्बन्धित समाचार

Facebook Comments