बारबर्दियाको बेपत्तायोद्धा स्मृति पार्क स्थानिय सरकारले ब्यवस्थापन गर्ने
मुरली गोडिया, ८ फागुन, गुलरिया (बर्दिया) बर्दियामा रहेको कुम्भर अड्डाको स्तरोन्नति गर्न स्थानिय सरकार तथा प्रदेश सरकारले चासो देखाएका छन । बर्दियाको बारबर्दिया नगरपालिका वडा न. १० मा रहेको कुम्भरअड्डा वेपत्तायोद्धा स्मृतिपार्क व्यवस्थापनको लागि स्थानीय र प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन ।
देश र जनताको मुक्तिको लागि बलिदानी गरेका योद्धाहरुको उच्च सम्मान र सम्झनाका लागि ऐतिहासिक पार्क निर्माण भएको बताइएको हो । पार्कलाई बर्दियाकै चिनारीको रुपमा विकसित गर्ने दुवै तहको सरकारले सहयोग गर्ने बताए । कुम्भर अड्डा बेपत्तायोद्धा स्मृति पार्क व्यवस्थापन समितिको प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सांसद राजकुमार चौधरीले राजमार्गदेखी स्मृति पार्क सम्म आगामी आर्थिक बर्षमा पुर्ण रुपले सडक कालोपत्रे बनाउने प्रतिबद्धता व्यक्त गरे । बेपत्ता भएका परिवारजनहरुको लागि शैक्षिक, सामाजिक र आर्थिक स्तर उकास्न पहल गर्ने थारुले उल्लेख गरेका छन । बारबर्दिया नगरपालिकाकी उप–प्रमुख रत्ना कुमारी पाण्डेले कुम्भर अड्डा स्मृति पार्कलाई नेपालकै एक विशेष चिनारीको रुपमा अगाडी लैजान स्थानिय सरकारले रकम विनियोजन गरेको बताउँदै अगामी वर्ष थप रकम विनियोजक गर्ने प्रतिबद्धता गरिन् ।
बारबर्दिया नगरपालिकाका पुर्व नगरप्रवक्त दुर्गा बहादुर बिश्वकर्माले पार्कको अवधारण पत्र प्रस्तुत गरेका थिए । पार्कको स्मृति कार्य गर्ने, आम संचार लगायत समाजिक संजाल तथा वेभसाइट संचालन गर्ने, कथा बाचन कार्यक्रम गर्ने, स्थानीय हस्तकला निर्माण, होमस्टे संचालन गर्ने योजना रहेको सुनाए । प्रथम वार्षिक साधारण सभाबाट पार्क व्यवस्थापन समितीका वर्तमान अध्यक्ष निरन्जन कुमार चौधरीको नेतृत्वमा १५ सदस्य संचालक समिति गठन गरिएको छ । बर्दिया जिल्ला १० बर्षे सशस्त्र विद्रोहमा देशको सबैभन्दा बढी वेपत्ता भएको जिल्ला हो । जिल्ला प्रशासन कार्यालय बर्दियाको तथ्याङ्क अनुसार बर्दियामा २ सय ७८ जना बेपत्ता र ४ सय जनाले ज्यान गुमाएको जनाइएको छ ।
२६ °C काठमाडौं
Facebook Comments