• १८ वैशाख २०८३, शुक्रवार
  • २० °C काठमाडौं
फूलबारी कप : तेस्रो दिनको दोस्रो खेलमा एन्टीभाईरसको जीत 

गुलरिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ स्थित बालापुरको खेल मैदानमा भैरहेको प्रथम फूलबारी कप फूटवल प्रतियोगिताको तेस्रो दिनको दोस्रो खेलमा एन्टीभाईरस युवा समाज बारबर्दिया १ जमुनिया विजयी भएको छ । कमलपुर युवा समाज गुलरिया १ लाई पराजीतगर्दै एन्टीभाईरस बारबर्दियाले खेल जितेको हो ।


निर्धारित समयमा दुवै टीमले गोल गर्न नसकेपछि पेनाल्टी शुटआउटका आधारमा एन्टीभाईरसले ८–७ गोल अन्तरले कमलपुर युवा समाजलाई पराजित गरेको फूलवारी युवा क्लवका अध्यक्ष आदर्श शर्माले जानकारी दिनुभएको छ । सामाजिक चेतना, स्वाभिमान, विकास र परिवर्तन हाम्रो पहिचान भन्ने नारासहित फूलवारी युवा क्लव गुलरियाको आयोजनामा बिहिवारदेखि प्रतियोगिता शुरु गरिएको छ । 


खेलका लागि गुलरिया नगरपालिका वडा नम्बर १, ४, ५, ६, ८ र ११ ले आर्थिक सहयोग गरेको फूलबारी क्लवका अध्यक्ष शर्माले जानकारी दिनुभयो । खेलका लागि १४ वटा टीम दर्ता भएका छन् । दिउँसो २ बजेदेखि शुरु हुने खेल हेर्नका लागि खेलप्रेमी दर्शकको भिड लाग्ने गरेको छ । प्रतियोगितामा चुरेकुञ्ज डटकम मिडिया पार्टनर रहेको जनाईएको छ ।

सम्बन्धित समाचार

Facebook Comments