ग्राहक मुखीबन्दै राजापुरमा कर्णाली डेभलपमेन्ट बैंक
बर्दिया, ७ फागुन । कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडले २१ औं बार्षिकोत्सव भव्य रुपले मनाएको छ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड राजापुर शाखा प्रबन्धक कृष्ण चन्दले बार्षिक उत्सव कार्यक्रममा ग्राहकहरुलाई शुभकामना सन्देश दिंदै आउने दिनहरुमा बैंकको स्थितिलाई अझ बलियो बनाउँदै ग्राहक मुखी भएर लैजाने प्रतिवद्धता जनाउनुभयो ।
बैंकले शुलभ कर्जा र सहज बैंकिङ्ग प्रणाली एवं सुन्य मौज्दातमा खाता खोल्ने व्यवस्था मिलाएको प्रबन्धक चन्दले जानकारी दिनुभयो । बाँकेको नेपालगञ्जमा प्रधान कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैकका लुम्वीनि प्रदेशमा २२ वटा शाखाहरु छन् । बैंकले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत समेत प्राप्त गरेको छ ।
२९ °C काठमाडौं
Facebook Comments