आदीवासी जनजातीको मौलिक हकअधिकार सुनिश्चित गर्नुपर्छ : आयोग सदस्य राना
भिमा कंडेल, ७ फागुन, नेपालगञ्ज । आदिवासी जनजातिको मौलिक हक अधिकार सामाजिक, साँस्कृतिक र आर्थिक अधिकारलाई सुनिश्चितगर्दै लैजानु पर्ने आदिवासी जनजाती आयोगकी सदस्य रीना रानाले बताउनु भएको छ । बाँकेको नेपालगञ्जमा आयोजित एक कार्यक्रका विच उहाँले त्यस्तो बताउनु भएको हो ।
आदिवासी जनजाति ऐन २०७४ मा यसको अधिकार क्षेत्र निर्धारित गरिए अनुसार विभिन्न क्षेत्रमा पछाडि परेका आदिवासी जनजातिहरूको उत्थान, विकास गर्नका लागि कला ज्ञान, सीप परम्परागत भाषा संस्थागत तथा ब्यवस्थीत गर्दै लैजानु पर्नेमा उहाँको जोड छ । आयोगले मौलिक सँस्कृती ज्ञान, कला, साहित्य सम्पूर्णको रक्षाको लागि सम्र्बद्धन संरक्षण गर्न उनीहरुलाइ राष्ट्रको दिगो विकासमा एकीकृत गरेर लैजानको निम्ति आवस्यक कार्यक्रम र नीति तर्जुमा गरेर नेपाल सरकारलाई बुझाउने कार्य समेतगर्दै आएको रानाले जानकारी दिनुभयो ।
लामो समयसम्म राज्यको मुलधारबाट वञ्चित गरिएका आदिवासी जनजातिको समग्र स्थितिको अध्ययन अनुसन्धान गरेर उनीहरुको आर्थिक सामाजिक साँस्कृतिक विकासको लागि कार्यक्रमको आयोजना गरिएको कार्यक्रम निर्देशक पासाङ डोल्मा शेर्पाले जानकारी दिनुभयो । उनीहरूको परम्परागत जिविकोपार्जन प्रणालीको संरक्षण प्रबद्र्धन आय आर्जन महिला सशक्तीकरण क्षमता अभिबृद्धि समुदायमा आधारित अनुगमन तथा सूचना प्रणालीसँगै विविध कार्यगर्दै आएको उहाँको भनाई छ ।
२०७४ माघ २१ गते आयोग स्थापना कालदेखि नै जैविक विविधताको संरक्षण र दिगो व्यवस्थापनमा योगदानगर्दै उनीहरूको परम्परागत ज्ञान शीप तथा अभ्यास र सँस्कृती परम्पराको कानुनी मान्यताको लागि अनुसन्धान प्रकासन अन्तर्रकृया गोष्ठी लगायत संबन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग पैरवीगर्दै आएको अभियानकर्ता मेनुका महर्जनको भनाई छ । आदिवासी जनजातिको परम्परागत र ज्ञान प्रणालीको संरक्षण सम्र्बद्धन र निरन्तर कानूनी मान्यता प्रती सम्बन्धित सरोकारवाला निकायहरुको सामुहिक एक्यवद्धता सहकार्य र निरन्तर सहयोग जरुरी भएकोले सम्बन्धित सम्पुर्ण निकायहरुको महत्वपूर्ण भुमिकाको लागि सहयोगको अपेक्षा सुनाउनु भयो ।
पश्चिम नेपालको विशेष गरि बर्दिया, रुकुम र दार्चुलामा अनुसन्धान कार्य अघि बढाइएको अभियान कर्ता निरिना खड्गीले बताउनुभयो । महिलाहरुमा गरिएको अनुसन्धानबाट स्थानीय स्तरमा उत्पादन भएका उत्पादनलाई बजारीकरण गरि महिला दिदिबहिनीको आर्थिक अवस्थामा सुधार ल्याउन सहयोग पुर्याउने अभिकर्ता सराना शेर्पाले जानकारी दिनुभयो । २ दिने कार्यशाला गोष्ठीमा बर्दिया, रुकुम र दार्चुलाका झन्डै ६० जनाको सहभागिता रहेकोे कार्यक्रम संस्थाका अभियानकर्ता सबिना खत्रीले संचालन गर्नुभएको थियोे ।
२६ °C काठमाडौं
Facebook Comments