फूलबारी कप : तेस्रो दिनको खेलमा ठाकुरद्वाराको जीत
गुलरिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ स्थित बालापुरको खेल मैदानमा भैरहेको प्रथम फूलबारी कप फूटवल प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा ठाकुरद्वारा युवा समाज विजयी भएको छ । भजनी कैलालीलाई पराजीतगर्दै ठाकुरद्वाराले खेल जितेको हो ।
ठाकुरद्वारा भजनी कैलालीलाई ० का विरुद्ध ४ गोलले पराजित गरेको फूलवारी युवा क्लवका अध्यक्ष आदर्श शर्माले जानकारी दिनुभएको छ । ठाकुरद्वारा युवा समाजका हेमराज नेपालले ह्याट्रिक गोल स्कोर गरेका छन् । सामाजिक चेतना, स्वाभिमान, विकास र परिवर्तन हाम्रो पहिचान भन्ने नारासहित फूलवारी युवा क्लव गुलरियाको आयोजनामा प्रतियोगिता शुरु गरिएको छ ।
खेलका लागि गुलरिया नगरपालिका वडा नम्बर १, ४, ५, ६ र ८ ले आर्थिक सहयोग गरेको फूलबारी क्लवका अध्यक्ष आदर्श शर्माले जानकारी दिनुभयो । खेलका लागि १४ वटा टीम दर्ता भएका छन् । प्रतियोगितामा चुरेकुञ्ज डटकम मिडिया पार्टनर रहेको जनाईएको छ ।
२० °C काठमाडौं
Facebook Comments