• ११ वैशाख २०८३, शुक्रवार
  • २६ °C काठमाडौं
बारबर्दियामा बालवालिकाले गरे बाल विवाह नगर्ने प्रतिवद्धता  

बारबर्दिया, ५ फागुन । बारबर्दिया नगरपालिका वडा नम्बर ७ का बालबालिकाहरुले बाल विवाह नगर्ने, गर्न नदिने र बाल विवाहको विरुद्धमा प्रतिबद्धता जनाएका छन् । वडा नम्बर १ रम्भापुरमा भएको वडा स्तरीय बाल भेलामा सहभागी बालबालिकाहरुले उक्त प्रतिबद्धता जनाएका हुन् ।  

वडालाई चालु आर्थिक बर्षमा बाल विवाहमुक्त वडा घोषणा गर्नमा सहयोग पुर्याउन वडा स्तरीय बाल भेला गरिएको छ । वडा नम्बर ७ मा रहेका बाल क्लब, किशोरी समुह, विद्यालय रहेको बाल क्लबमा आबद्ध रहेका बाल बालिकाहरुलाई जम्मा गरेर बाल विवाह न्युनिकरणको बिषयमा छलफल गरिएको छ । बालबालिकाहरुले आफुले बाल विवाह नगर्ने, बाल विवाह हुन नदिने र बाल विवाहको बिरुद्धमा रहने भनी सामुहिक रुपमा प्रतिबद्धता गरेको बताईएको छ । भेलामा करिब ९० जना बाल बालिकाहरुको सहभागिता रहेको थियो । बाल विवाह रोकथाम र नियन्त्रणका लागि बाल बालिकाहरुले बिभिन्न माध्यमबाट गर्ने योजना समेत बनाएका छन् ।  चित्रकला मार्फत सचेतना फैलाएर, आफ्ना साथीहरुलाई भनेर, घरपरिवार संग छलफल गरेर एक अर्कासँग कुराकानी गरेर, वडा कार्यालय तथा प्रहरीलाई सुचना दिएर बाल विवाह रोकथाममा सहयोग गर्न सक्ने उनीहरुले प्रतिवद्धतामा बताएका छन् ।

बाल बालिकाहरुलाई बाल भेलामा सहजीकरण गर्दै सामाजिक अभियन्ता तथा स्थानीय शासन बिज्ञ प्रकाश उपाध्यायले बाल विवाहको बारेमा जानकारी, बाल बालिकाहरुले बाल विवाह गर्दा हुने कानुनि सजाय, बाल बालिकाको परिभाषा तथा विवाह गर्ने उमेरको बारेमा जानकारी गराउनु भएको छ । बाल विवाह रोकथामका लागि बाल बालिकाहरुले नै अभियान संचालनमा लाग्नुपर्ने र सचेतानाका कार्यक्रमहरु गर्नुपर्ने आवश्यकता रहेको बारेमा प्रष्टपार्नु भयो । प्लान ईन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (विईई ग्रुप) बाँकेको आयोजना तथा बारबर्दिया नगरपालिका वडा नम्बर ७ को कार्यालयको समन्वयमा बाल भेला गरिएको छ । वडा नम्बर ७ का कार्यबाहक वडा अध्यक्ष नैनसिंह अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वडाध्यक्षले सबै बालबालिकाहरुलाई बाल विवाह मुक्त वडा घोषणा अभियानमा सहयोग गर्न आग्रह गर्नु भएको छ । 

सम्बन्धित समाचार

Facebook Comments