• १८ वैशाख २०८३, शुक्रवार
  • २२ °C काठमाडौं
नेपाल ए ले क्यानडा-११ लाई दियो २१७ रनको लक्ष्य

काठमाडौँ, ६ फागुन । नेपाल ए क्रिकेट टिमले क्यानडा- ११ लाई २१७ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा जारी खेलमा पहिला ब्याटिंग गर्दै नेपाल ए ले ५० ओभरमा ८ विकेट गुमाउदै २१६ रन बनाएको हो ।

नेपाल ए का लागि बषिर अहमदले अविजित ५० रन बनाएका थिए भने राशिद खानले ४० रन बनाएका थिए । त्यस्तै मयन यादवले ३५, किरण ठगुन्नाले २५, बिबेक यादवले २१ रनको योगदान दिएका थिए । त्यस्तै क्यानडा- ११ का बलर साद बिन जाफरले सर्बाधिक ३ विकेट लिएका थिए भने इश्वरजोत सोहिले २ विकेट लिएका थिए ।

सम्बन्धित समाचार

Facebook Comments