पेट्रोल, डिजेल र मट्टीतेल लिटरमा दुई रूपैयाँले बढ्यो, एलपी ग्यासको मूल्य यथावत
काठमाडौं, ४ फागुन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलको लिटरमा दुई–दुई रूपैयाँ बढेको जानकारी दिएको छ ।
निमगका अनुसार खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ । राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
२९ °C काठमाडौं
Facebook Comments