• ३२ असार २०८३, बिहिवार
  • २१ °C काठमाडौं
राजापुर नगरपालिकाको मोवाइल एप संचालनमा

केशव कोइराला, राजापुर (बर्दिया) । बर्दियाको राजापुर नगरपालिकाले मोवाइल एप संचालनमा ल्याएको छ । राजापुर एकिकृत एप नामक मोवाइल एप संचालनमा ल्याएको हो । मोवाइल एपको एक कार्यक्रमका बिच राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले शुभारम्भ गर्नुभयो । 

सेवाग्राही हिडेर पालिका तथा वडामा जानुपर्ने बाध्यतालाई हटाउनुका साथै समयको बचत होस भन्ने हेतुले मोवाइल एप संचालनमा ल्याइएको नगर प्रमुख थारुले बताउनु भएको छ । एपमा पालिका तथा वडाकोे जानकारी, गतिवीधि, समाचार, नागरिक वडापत्र, सिफारिस, परियोजना निगरानी प्रणाली, आपत कालीन नम्वर, पालिका प्रमुख, उप–प्रमुख, प्रमुख प्रसासकिय अधिकृतलाई सुझाव, जिज्ञासा, गुनासो राख्न मिल्ने व्यवस्था मिलाइएको छ । 

जसका कारण इन्टरनेट सुबिधा र एन्ड्रोइट मोवाइल प्रयोगकर्ता सेवाग्राहीले सजिलै सिफारिस कालागी निवेदन, जिज्ञासा, सुझाव, गुनासो राख्न पाउनेछन् । मोवाइल एपमा एक बाहेक अतिरिक्त नामबाट खाता खोल्न पाइने र सवैले सहजै सुबिधा लिन सक्ने व्यवस्था रहेको राजापुर नगरपालिकाका सूचना प्रबिधी अधिकृत खुशीराम चौधरीले जानकारी दिनुभयो । जर्मन सरकार जिआइजेट परियोजनाको प्राबिधिक सहयोगमा राजापुर नगरपालिकाले मोवाइल एप संचालनमा ल्याएको हो ।

सम्बन्धित समाचार

Facebook Comments