राजापुरको भारतीय सीमावर्ती क्षेत्रमा जंगली हात्तीेद्वारा खेतीपाती नोक्सानी
केशव कोईराला, २ फागुन, राजापुर (बर्दिया) । केही दिनयता बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ९ का बिभिन्न बस्तीमा जंगली हात्तीले नियमित आतंक मच्चाएको छ । शनिबार राति देखी जंगली हात्तीले दुर्गानगर, दिपनगर, तिनघरुवा, इश्वरीगञ्जका स्थानियले लगाएको गहँु, तोरी र मसुरो बालिमा क्षति पु¥याएको छ ।
दुर्गानगरका रेशम थारु, बिरवहादुर थारु, मोतिलाल थारु दिपनगरका गंगाराम थारु, तेजुथारु, हरिलाल थारु इश्वरीगञ्जका कालुराम थारु लगायको झण्डै १० बिगाह क्षेत्रफलमा लगाएको बालिनालीमा क्षती पु¥याएको हो । स्थानियका अनुसार शनिबार राति देखी निरन्तर जंगली हात्तीको झुण्ड आउने गरेको बताए । जंगली हात्तीको आक्रमणबाट स्थानीयको गहँु मसुरो लगायतका बालिमा क्षति पु¥याएपछी स्थानियहरु आगोको मुस्लो लिएर हात्ती धपाउन जाग्राम बस्नु परेको स्थानियहरुले दुखेसो गरेका छन् ।
खुला सिमावर्ती क्षेत्र भारतको कर्तनियाघाट बन्यजन्तु आरक्षबाट आउने जंगली हात्तीको संख्या बढ्दै गएपछि तिनलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता थपिएको छ । राजापुर नगरपालिका वडा नं ९ का अध्यक्ष बिष्णु थारुले बिद्युतिय फेन्सीङ् लगाउन स्थानिय, प्रदेश तथा संघिय सरकारले चासो देखाउनुपर्ने बताउनुहुन्छ । वन्यजन्तुको वासस्थान र तिनले ओहोरदोहोर गर्ने क्षेत्रमा मान्छेको अतिक्रमण भएपछि हात्तीले राति बस्तीमा पसेर अन्नबाली खाइदिने र बिभिन्न समयमा घरहरू भत्काइदिने गरेका छन् ।
२५ °C काठमाडौं
Facebook Comments