पाल्पामा जीप दुर्घटना, ८ जनाको मृत्यु
पाल्पा, १ फागुन । पाल्पाको चिदिसामा जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ। मंगलबार साँझ भएको दुर्घटनामा कम्तिमा ८ जनाले ज्यान गुमाएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतले बताए।
अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख एसपी हेरम्ब शर्मासहितको टोली पुगेको छ। थप विवरण आउन बाँकी छ।
२२ °C काठमाडौं
Facebook Comments