बर्दियाका २१ विद्यालयका छात्राहरुलाई रक्षा प्रतिष्ठानको छात्रबृत्ति
बर्दिया, १ फागुन । लालिगुराँस प्रतिष्ठान अमेरिकाको सहयोग तथा रक्षा प्रतिष्ठान गुलरिया बर्दियाको आयोजनामा बर्दियाका २१ विद्यालयमा अध्ययनरत २१ जना छात्राहरुलाई छात्रबृत्ति प्रदान गरिएको छ ।
प्रतिष्ठानले विद्यालयले छनोट गरेको आधारमा छात्राहरुलाई छात्रबृत्ति प्रदान गरेको प्रतिष्ठानका कार्यकारी अध्यक्ष शुधांसु प्रकाश शर्माले जानकारी दिए । जसअनुसार ६ हजारदेखि १५ हजार रुपैया सम्म प्रदान गरिएको छात्रबृत्तिको कुल रकम २ लाख ६९ हजार रुपैया रहेको छ । एक कार्यक्रमका विच पूर्व मन्त्री गौतम, लुम्बिनी प्रदेस सांसद भुवनेश्वर थारु, गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादव र बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारुलेले छात्रबृत्ति हस्तान्तरण गरेका छन् ।
छात्राबृत्ति प्राप्त गर्नेमा अर्जुन विक नेपाल राष्ट्रिय शम्भुशरण मावि खैरापुर, आरती चौधरी जनसेवा मावि बैदी, अस्मिता थारु युवक सेकेण्डरी स्कूल जोगीगाउँ, विनिता यादव कोटही मावि तुलापुर, एलिसा थारु जनता मावि बनमुडा, हेमा कुमारी खड्का विद्याज्योति मावि कण्ठपुर, जागृति थारु शारदा मावि मैनापोखर, कविता रानाक्षेत्री भवानी मावि सिमरा, कविता थारु पूर्णहिरा मावि लक्ष्मणा, कमला कुमारी वुढा सरस्वती मावि जमुनिया छन् ।
त्यस्तै करुणा सिलवाल भृकुटी मावि डेउढाकला, लक्ष्मी चौधरी नेरामावि लक्ष्मणपुर, मिना कुमारी भण्डारी अंशुवर्मा मावि जयनगर, पूर्णिमा खत्री अमरज्योति मावि सितापुर, पुष्पा बुढाक्षेत्री वगलामुखी राधाकृष्ण थारु मावि गुलरिया, पुष्पा थारु अंशुवर्मा मावि जयनगर, सपना चौधरी पूर्णहिरा मावि लक्ष्मणा, सरिता चौधरी धर्मभक्त मावि कर्तनिया, सरिता चौधरी मकदेमावि गुलरिया, तृषा शर्मा ध्रुव उमावि तुल्सिपुर, उमा सुनार नेरामावि लक्ष्मणपुर छन् ।
२२ °C काठमाडौं
Facebook Comments