पर्यटकको आर्कषणबन्दै बालापुरको झोलुङ्गे पुल
मुरली गोडिया, २८ माघ, गुलरिया (बर्दिया) । वर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ र १२ लाई जोड्ने बालापुरको झोलुङ्गेपुलमा आवागमनसंगै पुल हेर्न जानेको संख्या दिन प्रतिदिन बृद्धि हुँदै गएको छ । गुलरिया नगरपालिका र बारबर्दिया नगर पालिकालाई जोड्ने बबई नदीमा अवस्थित जब्दीघाट पुल भासिएपछी बैकल्पिक पुल समेत बन्दै गएको छ ।
गुलरिया नपाको ५ नम्बर वडा बालापुर र गुलरियाको १२ नम्बर वडा विक्रीगाँउ जोड्ने भादा नदिको बीचमा अवस्थित झोलुङ्गे पुल युवायुवतीका लागी पर्यटकिय स्थलकै रुपमा चिनिन थालेको छ । सरकारी विदाका दिन प्राय कर्मचारी तथा स्थानियहरु परिवारसहित पुलको साथै शान्त वातावरणमा अवस्थित पुलमा जाने गरेको गुलरिया ६ का स्थानिय सर्दिप ढुंगानाले बताए । कतिपय मानिसहरु बालापुर गाँउमा रहेको खेलमैदान तथा पिकनिक स्थलमा समेत मनोरञ्जनका लागी जाने गरेका छन । घरपरिवार सहित सामुहिक रुपमै पिकनिक खेल्न झोलुङ्गे पुल पारी पुग्ने गरेका छन । पुल पारी रहेको ऐलानी जग्गामा पिकनिक खेल्ने गरिएको भएपनि पिकनिक स्पोर्ट अब्यवस्थित रहेको गुनपा. १२ विक्री गाँउका स्थानिय गेहेन्द्र थारुले बताए ।
पिकनिक खेल्न आउनेको संख्या पनि उत्तिकै रहेको छ तर जग्गा भएपनि यस जग्गाको कसैले अपनत्व लिएर व्यवस्थित गर्न नसकेको सोही स्थानमा टहरामा चियानास्ता ब्यवसायगर्दै आएकी गुलरिया १२ की शान्ति थारुले बताईन् । झोलुङ्गे पुलमा पुगी आगन्तुकहरुले वातावरणको आनन्दलिंदै पुलमा फोटो भिडियो खिच्ने, सामाजिक संजालमा राख्न रील बनाउँदै गरेका दृश्य दैनिक देख्न पाईन्छ । नदि किनारमा पारिपट्टी करीब ४ वटा नास्ता पसल छन । आवतजावत गर्ने तथा घुम्नका लागी जानेका लागी सामान्य नास्ता पकौडी, पानीपुरी, चाउचाउ अण्डा लगायतको ताजा स्वाद लिन सकिने व्यवस्था छ ।
गाउँले शैलीमा खाजा पाउने पसलहरुले अर्डर अनुसार खाजा नास्ता समेत तयार गर्न सक्ने व्यवस्था गरेका छन । पक्की बाटोहुँदै गुलरिया बजारदेखी करीब ४ किलो मीटरको दुरीमा रहेको झोलुङ्गे पुल सोहेलवाको बाटो भएर बालापुरहँुदै पुग्न सकिन्छ । बढैयाताल गाउँपालीका वडा नं ९ टेशनपुरबाट पिकनिक खेल्न आएका अनील चौधरीले झुलुङ्गेपुल हेर्न आउँदा रमाईलो लागेको बताए । धेरै नाम सुनेको भएपनि पहिलो पटक आउँदा शान्त बाताबरणले आनन्दित बनायो । विदाका दिन साथीहरु मौका छोपेर पिकनिक खेल्न आएको उनको भनाई छ ।
२३ °C काठमाडौं
Facebook Comments