जैविक मार्गका बनक्षेत्रमा बाघ अनुगमन शुरु
बर्दिया, २६ माघ । बर्दियाको खाता संरक्षित वन क्षेत्रमा आइतबारदेखि बाघ तथा आहारा प्रजातीको अनुगमन शुरु गरिएको छ । डिभिजन वन कार्यालय बर्दियाको आयोजना र तराई भु–परिधी कार्यक्रम ताल कोहलपुर बाँकेको आर्थिक सहयोगमा क्यामेरा ट्रयापिंङ विधिबाट बाघको अनुगमन शुरु भएको हो ।
२ सय २ वर्ग किलोमिटर क्षेत्रफल रहेको खाता संरक्षित वनलाई २×२ वर्गकिलोमिटर ४८ ग्रिडमा विभाजन गरिएको छ । हरेक ग्रिडमा बाघ हिडने बाटो पहिचान गरि एक र एक जोडी स्वचालित क्यामेरा जडान गरिने छन् । ३८ दिनसम्म जडान गरिएको क्यामेराबाट नियमित बाघ र आहारा प्रजाती अनुगमन गरिनेछ । स्वचालित क्यामेराले बाघको तस्विर संकलन गर्ने विधिबाट अभ्यास समेत गरिएको थियो । हरेक ग्रिडमा बाघ हिडने क्षेत्र पहिचान गरि क्यामेरा जडान गरिन्छ, पाइला, दिशा र अन्य संकेतबाट विचरण हुने क्षेत्र पहिचान गर्न सकिन्छ । ‘सोही क्षेत्रमा ४८ ग्रीड २×२ गरि ९६ वटा स्वचालित क्यामेरा राखिन्छ भने ३८ दिनसम्म क्यामेरा जडान गरेर नियमित अनुगमन गरिन्छ । बाघको उचाइ र खुट्टा सम्मको तस्बिर लिन सक्नेगरि ७०/८० सेन्टिमिटरको उचाइमा क्यामेरा जडान गरिन्छ ।
खाता संरक्षित वन क्षेत्रमा सन २०१७ देखि नियमित रुपमा बाघ र आहारा प्रजाती अनुगमन गर्दै आईरहेको छ । बाघ र आहारा प्रजाती अनुगमन गर्नका लागी डिभिजन वन कार्यालय बर्दियाका कर्मचारी र स्थानीय बैज्ञानिक आरआरटी, सीवीएपीयूबाट गरी १२ जना फिल्डमा खटिने छ । डिभिजन वन कार्यालय बर्दियाका डिभिजनल वन अधिकृत प्रवीण विडारीले स्वचालित क्यामेराले बाघ र आहारा प्रजाती अनुगमन गर्ने बताए । क्यामेरा चोरी वा तोडफोड नगर्न स्थानियलाई अनुरोध गर्नुभएको छ । यस क्षेत्रमा असक्त घाइते वन्यजन्तु घाइते भएमा उद्दार गर्न र मानवीय क्षती वा पशु चौपाया घटना हुन सहज हुने हुँदा क्यामेरासँग छेडखानी नगरिदिन बन कार्यालयको अनुरोध छ ।
२३ °C काठमाडौं
Facebook Comments