• २९ मंसिर २०८१, शनिवार
  • ३ °C काठमाडौं
ऐतिहासिक तारातालको अस्तित्व खतरामा (तस्विर)

मुरली गोडिया, गुलरिया । बर्दियाको मधुवन नगरपालिकामा अवस्थित ऐतिहासिक तारातालको अस्तित्व गुम्ने खतरा बढ्दै गएको छ । जिल्लाको विभिन्न ताल मध्ये छुट्टै ऐतिहासिक पहिचान बोकेको ताराताल संरक्षणको अभावमा अस्तित्व विहिन बन्दै गएको हो । 


आकाशको तारा आकारको बनोट भएको मान्यता बोकेको ताराताल संरक्षणको अभावले संकटमा छ । तालमा स्थानियको संरक्षणप्रतिको उत्तरदायित्व बोध एवं स्थानिय सरकारको उदासिनताका कारण पर्यटकिय दृष्टीले पनि औचित्यहिन बन्दै गएको स्थानिय सञ्जय चौधरीले बताउनु भयो । धेरैले देखेको र सबैले सुनेको ताराताल संरक्षणको कमीले विहाल बन्दै गएको छ । उहाँले भन्नुभयो हेर्दा पनि उदास जस्तो देखिने गरेको तारातालमा चरन क्षेत्र बन्दै गएको छ । तालको संरक्षण, सरसफाई, हुन नसक्दा जथाभावी छाडा पशुहरु आउने गरेका छन । ताल परिसर भित्र मन्दिरको जिर्ण अवस्था छ । संरचनाको संरक्षण हेर्दा कसैलेपनि तालप्रति जिम्मेवारी नदेखाएको चौधरीको गुनासो छ । 


तारातालका लागी वडा सरकार तथा नगरपालिकाले के कति रकम विनियोज गर्छ स्थानियलाई कुनै जानकारी नभएको ताराताल निवासी ठाकुरप्रसाद थारु बताउनु हुन्छ । ताल संरक्षण समिति पनि आवश्यक सक्रियता नदेखाएको उहाँको आरोप छ । ऐतिहासिक तारातालको संरक्षण र प्रर्वद्धन भए आन्तरिक पर्यटकको केन्द्रकै रुपमा स्थापित गर्न सक्ने थुप्रै आधारहरु छन् । उहाँले भन्नुभयो पर्यटकिय दृष्टीले प्रवद्र्धन गर्न सके स्थानियले रोजगारी पाउनुको साथै व्यापार व्यवसाय खोल्ने, जग्गाको मुल्यांकन बढ्ने, बाहिर कमाउन जानु पर्ने बाध्यता समेत केही हद सम्म कम हुन सक्छ ।  


ऐतिहासिक तारातालकै नामले तत्कालिन गाउँ विकास समितिको नामाकरण भएको मधुवन नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्र हमालले बताउनु भयो । संरक्षण अभावमा ताल ओझेलमा परेको छ । ताल संरक्षण समितले पनि संरक्षणको कुनै कार्य गरेको देखिदैन । समिति चलायमान नभएको कारण वरिपरिका जनताहरु निरास भएको उहाँ बताउनुहुन्छ । विगतमा जिर्ण भएको ताललाई केही मात्रमा थोरै बजेट हालेर त्यसलाई परिमार्जन गर्दै केही स्वरुप बदल्दै एउटा पर्यटकिय स्थलका रुपमा लैजान सकिन्छ भन्ने उद्देश्यले ताराताल देखी रारा ताल सम्मको योजना पेश गरेको उहाँको भनाई छ ।


पर्यटकको राम्रो सम्भावना बोकेको तारातालको सरसफाई गर्ने, तालको सौन्दर्य बढाउने, पिकनीक स्पोर्ट निर्माण गर्ने, तालमा बोटिङ्ग संचालन गर्ने, तालको चारैतिर तारवार लगाउने, पार्क निर्माण गर्ने र वरीपरी छेउछाउमा बस्ने स्थानको निर्माण गरी व्यवस्थापन गर्नुपर्ने देखिएको स्थानिय बताउँछन् । तालको ऐतिहासिकता बारेको प्रचार प्रसारका साथै स्थानीय सरकारले उचित बजेट विनियोजन गरि संरक्षण गरि गुम्न लागेको तालको अस्तित्वलाई पुर्नजागृति गर्नु आवश्यक छ ।

सम्बन्धित समाचार

Facebook Comments