गुलरिया नगरस्तरिय राष्ट्रपति रनिङशिल्ड तथा मेयरकप खेलकुदको रोकिएको उद्घाटन सम्पन्न
माघ २३, गुलरिया (बर्दिया) । एक्यवद्धता देश खेलकुदको सन्देश भन्ने मूल नारासहित बर्दियाको गुलरियामा बर्षादका कारण रोकिएको गुलरिया नगरपालिका स्तरिय पाँचौ राष्ट्रपति रनिङशिल्ड तथा चौथो मेयरकप खेलकुद प्रतियोगिताको उद्घाटन शत्र मंगलबार सम्पन्न भएको छ । पश्चिमी वायुसँगै भएको बर्षाका कारण माघ १८ गते हुने भनिएको खेलकुदको शुभारम्भ कार्यक्रम स्थगित भएको थियो ।
गुलरिया नगरपालिकाको आयोजनामा बर्दियाको गुलरिया स्थित तुलापुरमा रहेको कभर्ड हलको खेलमैदानमा भैरहेको खेलकुद उद्घाटन नभएपनि सफा मौसमका कारण खेलाईदै आएको थियो । खेलकुदको औपचारिक उद्घाटन मंगलवार गरिएको खेलकुद आयोजक समितिका संयोजक च्यामुलाल चौधरीले बताए । पानीमा वालवालिकाहरुलाई भिजाउन उचित नहुने टिमले निर्णय गरी कार्यक्रम स्थगित गरिएको उनको भनाई छ ।
उद्घाटन समारोहलाई सम्बोधनगर्दै गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तीनाथ यादवले खेलकुदका माध्यमबाट पालिकालाई विश्वमै चिनाउन रनिङशिल्डले मद्दत पुग्ने बताए । आगामी बर्षहरुलाई प्रतियोगितालाई थप उर्जाशील बनाउँदै लैजाने उनको प्रतिवद्धता थियो । गुलरिया नगरपालिकाका नगरप्रवक्ता एवम् वडा नम्बर ६ का वडा अध्यक्ष शुधांसु प्रकाश शर्माले रनिङ शिल्डको समारोहलाई ऐतिहासिक दस्तावेजका रुपमा स्थापित गर्न भिडियोग्राफीमा कैद गरी राख्नुपर्ने बताए । विदेशमा यस्ता प्रतियोगिताहरुलाई महत्वका साथ लिईने हुँदा नेपालमा पनि यसलाई महत्वपूर्ण बनाउनुपर्नेमा उनको जोड छ ।
मंगलबार उद्घाटनका अवसरमा गुलरिया नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय गरी ५४ वटा विद्यालयहरुले मार्चपास प्रस्तुत गरेका थिए । जसमा प्राथमिक विद्यालय, निम्न माध्यमिक विद्यालय, माध्यमिक विद्यालय र संस्थागत विद्यालयका रुपमा विभाजन गरी नतिजा सार्वजनिक गरिएको छ । प्राथमिक विद्यालयतर्फ शान्ति आधारभुत विद्यालय वालापुर प्रथम, देउराली आधारभुत विद्यालय थपुवा द्वितिय र श्रीवाल विद्या मन्दिर सुरजपुर तृतिय भएका छन् । निम्न माध्यमिक विद्यालय तर्फ गणेश विद्या मन्दिर प्रथम, कृष्णसार आवि खैरी द्वितिय र गायत्री आवि टेपरी तृतिय भएका छन् ।
माध्यमिक विद्यालयतर्फ महाकवि देवकोटा प्रथम, बगलामुखी राथामावि द्वितिय र जानकी मावि सिरकोईया तृतिय भएका छन् । त्यस्तै संस्थागत विद्यालयतर्फ जनज्योति सेकेण्डरी स्कूल प्रथम, लिटिल हेभन ई. एकेडेमी द्वितिय र सनराईज वोडिङ स्कूल तृतिय भएको आयोजक सदस्य यज्ञ बहादुर नगरकोटीले जानकारी दिए । उद्घाटन अगावै खेलकुद कार्यक्रम भैरहेको भएतापनि केही खेलकुदहरु बाँकी रहेकाले सबै खेल सकिएपछि समापन हुने आयोजकले जनाएको छ ।
२१ °C काठमाडौं
Facebook Comments