• ९ वैशाख २०८३, बुधवार
  • २९ °C काठमाडौं
राजापुर र गेरुवाका ८० विद्यार्थीलाई युनिकको छात्रबृत्ती 

केशव कोईराला, २२ माघ, राजापुर (बर्दिया) । बर्दियाको राजापुर नगरपालिकामा रहेको युनिक नेपालले भौराटापु क्षेत्र अन्र्तगत सामुदायीक बिद्यालयका गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई ६ लाख ५० हजार रुपैयाको छात्रवृत्ति वितरण गरेको छ । राजापुर नगरपालिका र गेरुवा गाउँपालिका भित्रका १४ सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८ देखी १२ कक्षा सम्म अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति रकम प्रदान गरेको हो । 

कार्यक्रममा ३० जना बिद्यार्थीलाई जनही १० हजार रुपैयाका दरले दिर्घकालीन छात्रबृत्ती र ५० जना बिद्यार्थीलाई जनही ७ हजारका दरले अल्पकालिन छात्रबृत्ती रकम प्रदान गरिएको छ । छात्रबत्ती रकम युनिक नेपालका संरक्षक तथा पूर्व भूमिसुधार मन्त्री डा. गोपाल दहितले हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै डा. दहितले आफु यो क्षेत्रमा हुर्केको र यस क्षेत्रको शिक्षाको बिकासका निम्ती युनिक सदैव तत्पर रहेको बताए । आर्थिक अभावले कुनैपनी बिद्यार्थी बिद्यालय छोड्न नपरोस् भन्ने युनिकको उदेश्य हो । 

डा. दहितले भने, “छात्रबृती रकम सहि सदुपायोग गर्नुहोस् यो कार्यक्रमलाई अझै प्रभावकारी बनाएर लैजानेछौं ।” यस क्षेत्रका नागरिकहरुरु विपन्न अवस्थामा रहेकाले आफ्ना वालवालिकाहरुलाई उच्च शिक्षा अध्ययन गराउन नसक्ने अवस्थामा रहेकाले युनिक नेपालले उच्च शिक्षा हासिल गर्नका लागि युनिक छात्रवृत्ति लागुगरी प्रत्येक वर्ष छात्रवृत्ति वितरणगर्दै आएकोले यसलाई निरन्तरता दिने कार्यक्रमका सभापती तथा युनिकका अध्यक्ष प्रिमलाल थारुले बताए । 

यसै बिच डा. दहितद्वारा सम्पादित थारु भाषा, साहित्य र सँस्कृती झल्कने थारुडफ/ढमार गित, थारुकहकुट (कहावट) थारु बाल्हा झुल्ना ओ वैठौवा गित नामक ३ कृतीको आजै बिमोचन गरिएको छ । कार्यक्रममा २ ओटै पालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापक, वरघर कुलापानी चौधरी युनिक नेपालका पदाधिकारीहरु, विद्यार्थीहरु सहभागी थिए ।

सम्बन्धित समाचार

Facebook Comments