बन्यजन्तु पीडित परिवारका विद्यार्थीलाई छात्रबृत्ति
हरि गुरुङ, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ खाता समन्वय समितिको सभा हलमा वन्यजन्तु पीडित परिवारका विद्यार्थीका लागी छात्रवृत्ति वितरण गरिएको छ । मधुवन, ठाकुरबाबा, बाँसगढी, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिका गरी २१ जना बाल बालिकाहरुलाई कक्षा स्तर अनुसार छात्रवृत्ति वितरण गरिएको हो ।
विभिन्न बन्यजन्तु मध्ये हात्तीबाट ७ जना, बाघबाट ११ जना, गैंडाबाट १ जना र चितुवाबाट २ जना पीडितका बालबच्चालाई नगद २ लाख ३६ हजार १ सय २० रुपैयाँ बराबरको नगद र स्टेशनरी कटी एडम्सन कन्जरभेसन फन्डको आर्थिक सहयोगमा उज्यालो नेपालले छात्रवृत्ति वितरण गरिएको उज्यालो नेपालका स्वयंसेवक रमेशकुमार थापाले जानकारी दिनुभयो । हरेक बर्ष वन्यजन्तु पीडित परिवारका बालबालिकालाई छात्रवृत्ति वितरणगर्दै आईरहेको थापाले जानकारी दिनु भएको छ ।
छात्रवृत्ति वितरण कार्यक्रम मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाट, उप–प्रमुख अनिता चौधरी, बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारी, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका प्रमुख अजित तुम्बाहाम्फे, डिभिजन वन कार्यालय बर्दियाका निमित्त प्रमुख टंकबहादुर गुरुङ्ग, मधुवन नगरपालिका वडा नं–१, ३, ४ र ५ का वडा अध्यक्षहरु क्रमशः मीन बहादुर थापा, नारायण मल्ल, बलिराम चौधरी र दिलिप गुरुङ्ग, सशस्त्र प्रहरी बल प्रहरी उपरिक्षक, बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेनाका गणपति हिमाल थापा, बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बद्री विनोद दाहाल, मधुवन नगरपालिका नगर सल्लाहकार विजय वली, खाता समन्वय समितीका पदाधिकारी, हात्ती मेरो साथी अभियानका अध्यक्ष धनीराम चौधरी र बालबालिका सहित अभिभावकहरुको उपस्थितिमा छात्रबृत्ति सहयोग हस्तान्तरण गरिएको छ । केएसीएफ खाता समन्वय समिति, हात्ती मेरो साथी अभियान र उज्यालो नेपालको सहयोग, समन्वय र सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
२१ °C काठमाडौं
Facebook Comments