• ९ वैशाख २०८३, बुधवार
  • २९ °C काठमाडौं
अनुदानमा ठेला पाउदा मैनापाखरकी कल्ची दंग  

दलबहादुर सुनार, १९ माघ बढैयाताल (बर्दिया) । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरकी एकल महिला कल्चीथारु अनुदानमा ठेला पाउदा दंग छिन् । जनजागरण महिला संघ बर्दियाले सिमान्तकृत किसान तथा एकल महिलाको लागि अनुदानमा ठेला हस्तान्तरण गरेपछि उनी हर्षित र दंग छिन् । 

अनुदानमा ठेला पाउनु मेरा लागि गाडी पाउनु सरह हो । उनले भनिन्, ठेलामा गाउँघरमा उत्पादन भएका तरकारीको ब्यबसाय गर्छु । खुशीहुँदै उनले जिबिकोपार्जनमा ठेला ब्यबसायले सहयोग पुग्ने बताईन् । बढैयाताल गाउँपालिका वडा नम्बर ६ अध्यक्ष  शुक्रराज सापकोटाले एकल महिलाको आर्थिक तथा सामाजिक बिकासको लागि वडावाट बजेट बिनियोजन गरेको बताउनु भयो । एकल महिला मार्फत गत बर्ष बाँसको मुढा बनाउने तालिम र यस बर्ष गुडिया बनाउने तालिम संचालन गर्यौं । एकल महिलाको आयआर्जमा बृद्धि गर्न दक्ष जनशक्तिको पनि उत्पादन गर्ने वडाको उद्देश्य जनाउनु भयो ।  

टेवाको सयोगमा ठेला बितरण गरिएको जनजागर महिला संघ बर्दियाकी अध्यक्ष गोमा पौडेलले बतउनु भयो । संस्थाले जोखिममा परेका र बिपदमा परेका महिलाहरुको आर्थिक तथा सामाजिक बिकासको क्षेत्रमा कामगर्दै आएको छ । सिमान्तकृत किसान तथा एकल महिलाको आर्थिक पाटोमा सहयोग पुर्याउने उद्देश्यले ठेला सहयोग गरेका हौं । संस्थाले अनुदानमा गत बर्ष बढैयाताल २ सतपतियमा एक जना एकल महिला, बुधवार बाँसगढी नगरपालिका ७ डेउडाकलाकी ३५ वर्षकी एकल महिला आसिया थारु र बिहिवार बितरण गरिएको ठेलावाट बढैयाताल ६ मैनापोखरकी कल्ची थारु लाभान्वित भएको अध्यक्ष पौडेल बताउँछिन् ।  

कस्तुरी एकल महिला समुह मैनापोखरकी अध्यक्ष भगनदैया थारुको अध्यक्षतामा भएको ठेला हस्तान्तरण कार्यक्रममा बरघर भोदुप्रसाद थारु, सामुदायिक बन उपभोक्ता समुह मैनापोखका अध्यक्ष कालिचरण थारु, साझा सहकारी संस्था लि. मैनापोखरका अध्यक्ष हरिहर थारु, समाजसेबी बरातीलाल थारु लगायतले अनुदानमा उपलब्ध गराईएको ठेलाले जिबिकोपार्जनमा ठुलो सहयोग पुग्ने धारणा राखेको जनजागरण संघका कर्मचारी राज क्षेत्रीले जानकारी दिए । 

सम्बन्धित समाचार

Facebook Comments