• १८ वैशाख २०८३, शुक्रवार
  • २१ °C काठमाडौं
पीएम कपको फाइनलमा आर्मी र पुलिस भिड्ने

काठमाडौँ, १८ माघ । त्रिभुवन आर्मी कपले जारी पीएम कपमा गण्डकी प्रदेशलाई ६८ रनले पराजित गर्दै फाइनलमा पुगेको छ । बिहीबार सम्पन्न खेलमा त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई ६८ रनले पराजित गरेको हो । 

आर्मीले दिएको १३३ रनको लक्ष्य दिएको आर्मीले गण्डकी प्रदेश २३.४ ओभरमा ६४ रनमा अल आउट भएपछि आर्मीले खेल ६८ रनले जितेको हो ।  यसअघि पहिला ब्याटिंग गरेको आर्मीले ३९.१ ओभरमा १३२ रन बनाएर अलआउट भएको थियो । 

यो जितपछि आर्मीको ९ खेलमा १४ अंकमा रहेको छ र अंक तालिकामा दोस्रो हुदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।  अब आर्मीले फाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ ।फाइनल खेल शनिबार टियु मैदानमा हुने छ । 
   

सम्बन्धित समाचार

Facebook Comments