• ९ वैशाख २०८३, बुधवार
  • २९ °C काठमाडौं
गुलरिया नगरको वडा नम्बर १२ भित्र ६ महिनामा २ हजार मिटर बढी ग्रावेल निर्माण

मुरली गोडिया, १८ माघ, गुलरिया (बर्दिया) । गुलरिया नगरपालिका वडा नम्बर १२ मा ६ महिनाको अवधिमा २ हजार मिटर ग्रावेल बाटो निर्माण गरिएको छ । गुलरिया नगरपालिकामा रहेका १२ वटा वडा मध्ये बढैयाताल गाँउपालिकाको सिमानामा रहेको वडा नम्बर १२ मा विभिन्न गाँउ तथा मुख्य सडक गरि २ हजार मिटर भन्दा बढी ग्रावेल सडक निर्माण गरिएको हो । 

गुलरिया नगरपालिका अन्तर्गत नगरस्तरिय योजना मार्फत ४० लाखको लागतमा ९ सय ९० मिटर माटो पटान तथा ग्रावेल बाटो तयार गरिएको छ । भने सोही योजना मार्फत वडा भित्र ३ सय ३३ मिटर कालोपत्रे सडक निर्माणको कार्य सम्पन्न गरिएको छ । चालु आर्थिक वर्षको पुष मसान्त सम्मको तथ्यांक अनुसार यस वडा नम्बर १२ को वडा स्तरिय योजना मार्फत २२ लाख ५० हजारको लागतमा १४ सय २० मिटर माटो पटान तथा ग्रावेल निर्माण गरिएको गुलरिया नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष रामकुमार थारुले जानकारी गराउनु भयो । 

उहाँका अनुसार वडामा मिश्रीत बसोबास रहेको बासिन्दाको माग अनुसार वडा, नगर तथा प्रदेशको लगानीमा पुर्वाधारका कार्यमा तिव्रता दिइएको छ । लुम्बिनी प्रदेश सरकारको पुर्वाधार विकास कार्यक्रम अन्तर्गत ३५ लाखको बजेटमा वडा भित्र आरसीसी बाटो २ सय ३५ मिटर गरिएको अध्यक्ष थारुले चुरेकुञ्जलाई जानकारी गराउनु भयो । वडा भित्र कृषिलाई लक्षित गरी सिचाइ तथा स्थानिय कृषक लगायत नागरिकलाई प्राथमिकता दिई बिद्युत बिस्तारगर्दै पक्की कुलो समेत निर्माण गरिएको वडा अध्यक्ष थारुले प्रष्ट पार्नुभयो ।

सम्बन्धित समाचार

Facebook Comments