• १२ वैशाख २०८३, शनिवार
  • २१ °C काठमाडौं
गुलरिया नगरस्तरिय राष्ट्रपति रनिङशिल्ड तथा मेयरकप खेलकुदको उद्घाटन स्थगित

माघ १८, गुलरिया (बर्दिया) । एक्यवद्धता देश खेलकुदको सन्देश भन्ने मूल नारासहित आजदेखि शुरु हुने भनिएको गुलरिया नगरपालिका स्तरिय पाँचौ राष्ट्रपति रनिङशिल्ड तथा चौथो मेयरकप खेलकुद प्रतियोगिता ०८० को उद्घाटन समारोह स्थगित भएको छ । पश्चिमी वायुसँगै भएको बर्षाका कारण खेलकुदको शुभारम्भ कार्यक्रम स्थगित भएको हो ।

गुलरिया नगरपालिकाको आयोजनामा बर्दियाको गुलरिया स्थित तुलापुरमा रहेको कभर्ड हलको खेलमैदानमा विहिवारदेखि उद्घाटन गरिने खेलकुद पानी परेकोले अर्को सूचना नहुँदा सम्मका लागि स्थगित गरिएको खेलकुद आयोजक समितिका संयोजक च्यामुलाल चौधरीले बताउनु भयो । पानीमा वालवालिकाहरुलाई भिजाउन उचित नहुने टिमले निर्णय गरी कार्यक्रम स्थगित गरिएको उनको भनाई छ । पुन विज्ञहरुको निर्णय पश्चात मौसम पुर्वानुमानगर्दै कार्यक्रमको मिति तयगरी सूचना गरिने प्रअ चौधरीले जनाए ।

सम्बन्धित समाचार

Facebook Comments