• १२ वैशाख २०८३, शनिवार
  • २१ °C काठमाडौं
राजापुरमा अपांगता परिचयपत्र बनाउनेको संख्या बढ्दै

दलबहादुर सुनार, १६ माघ, बर्दिया । राजापुर नगरपालिकामा अपांगता परिचयपत्र बनाउनेको संख्या एक हजार नाघेको छ । अपांगता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४, नियमावली ०७७ र अपांगता परिचयपत्र बितरण कार्यबिधि २०७५ अनुसार चार बर्गको अपांगता परिचयपत्र बनाउनेको सख्या एक हजार नाघेको हो । 

२०७५ साल देखि २०८० माघ १५ गते सम्म पुर्ण अशक्त (क) बर्गमा २ सय ६ जना, अतिअशक्त (ख) बर्गमा १ सय ११ मध्यम (ग) बर्गमा ५ सय २५ र सामान्य (घ) बर्गमा २ सय ३४  गरि जम्मा एक हजार ७६ जनाले अपांगता परिचय पत्र प्राप्त गरेका महिला बालबालिका शाखा राजापुरकी प्रमुख रिता चौधरीले जानकारी दिनुभयो । अपांगता परिचपत्र बितरण समन्वय समिति राजापुरमा सोमबार बसेको बैठकले ख वर्गका १० जना र (ग) बर्गका २ जना गरि १२ जना अपांगता भएका ब्यक्तिहरु लाई अपांगता परिचयपत्र बितरण गरेको छ । 

समन्वय समितिको बैठकमा प्राथामिक स्वास्थ केन्द्र राजापुरका  डाक्टर गंगेश्वरनाथ ठाकुरले अपांगता भएका ब्यक्तिहरुको शारीरिक तथा मानसिक अवस्थाको रिपोर्टको आधारमा परिचयपत्र बर्गिकरणको लागि सहजिकरण गर्नु भएको हो । राजापुर नगरपालिकामा प्रत्येक महिनाको १५ गते अपांगता परिचयपत्र बितरण समन्वय समितिका संयोजक नगर उपप्रमुखको अध्यक्षतामा बैठक बस्ने गरेको महिला शाखाले जनाएको छ । अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धि ऐन २०७४ र नियमावली ७७ अनुसार प्रकारमा १० र गाम्भिर्यताको आधारमा ४ भागमा बर्गिकरण गरेको छ ।

सम्बन्धित समाचार

Facebook Comments