• ३२ असार २०८३, बिहिवार
  • २१ °C काठमाडौं
मधुवनमा माटोको ढिस्कोमा पुरीएर पुरुषको मृत्यु 

हरि गुरुङ, मधुवन । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ खाता निवासी ६१ बर्षिया भदैया थारुको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ । शनिवार विहान ८ बजे जन एकता सामुदायिक वनमा घर लिप्ने माटो खन्न गएको बेला ढिस्कोमा पुरिएर मृत्यु भएको हो । 


माटोको ढिस्कोमा पुरिएर मृत्यु भएका थारुको शव पोष्टमार्टमको लागि बर्दिया अस्पताल लगिएको प्रहरी चौकी धनौराका इन्चार्ज असई निरक बहादुर बस्नेतले जानकारी दिनु भएको छ । 

सम्बन्धित समाचार

Facebook Comments