बजेट अभावका बिच गुलरिया–नेपालगंज हुलाकीमार्ग निर्माण तिव्र
विष्णु अधिकारी, १५ माघ, गुलरिया (बर्दिया) । द्रुत गतिमा निर्माणाधिन गुलरिया नेपालगंज हुलाकी राजमार्गको सम्झौता अनुसारको रकम सरकारले समयमा निकासा नगर्दा कामको रफ्तारमा कमी आउन सक्ने शर्मा एण्ड कम्पनिका प्रोप्राइटर निर्माण व्यवसायी नविन शर्माले बताउनु भएको छ । आफुहरुले काम सम्झौताको समय भन्दा अगावै सक्ने लक्ष्य लिएको भएतापनिसकिसकेको कामको भुक्तानी समेत नपाउँदा कामको रफ्तारमा केही ढिलो भएको हुलाकी राजमार्ग निर्माण कम्पनीले जनाएको छ ।
बर्दियामा निर्माण भइरहेको हुलाकी राजमार्ग निर्माणका क्रममा बाटोमा पर्ने रुखहरु र विजुलीको पोल हटाउने काम सकिएका कारण धेरै चुनौतिहरु नभएको निर्माण कम्पनीको ठहर छ । निर्माणका लागि चाहिने सामाग्रीहरु निर्माण कम्पनीले समयमा नै जम्मा गरिसकेको तर काम गरिसकेको ३५ करोड रकम भुक्तानी नभएका कारण काममा केही ढिलाई हुन गएको प्रमुख जिल्ला अधिकारी सहितको अनुगमन टोली समक्ष निर्माण व्यवसायी शर्माले बताउनु भएको छ । हुलाकी राजमार्ग कार्यालय बाँकेका योजना प्रमुख लिला बहादुर भण्डारीले गुलरिया नेपालगंज सडक अन्तर्गत २७ किलोमिटर कालोपत्रे जसमध्ये करिब ११ किलोमिटर चारलेन र १६ किलोमिटर दुइलेनको सडक बन्न लागेको जानकारी दिनुभएको छ । योजना प्रमुख भण्डारीले निर्माण व्यवसायी शर्मा एण्ड कम्पनीले भौतिक निर्माण सुरु गरेको १ बर्षमा ५० प्रतिशत काम सम्पन्न गरेको बताउनु भयो ।
निर्माण व्यवसायीले तत्काल सडक कालोपत्रे गर्ने काम सुरु गर्ने भएकाले पहिलो चुनौती निर्माण व्यवसायीलाई दिने रकम समयमा नै निकासा नभएकाले रकम चरम अभावका कारण १५ प्रतिशत मात्र रकम भुक्तानी दिइएको भण्डारीले जानकारी दिनु भएको छ । रकम अभावका कारण पनि निर्माण व्यवसायी शर्मा एण्ड कम्पनीले काम द्रुत गतिमा गरिरहेको कारण समयमा नै रकम निकासा भएमा ३ बर्षको सम्झौता भएता पनि १ बर्ष अगावै काम सक्ने गरि निर्माण कम्पनिले काम गरिरहेको योजना प्रमुख भण्डारीको दावी छ । योजना अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले भौतिक निर्माणका क्रममा आएका बाधाहरु हटाउन आफु सधै साथमा रहेकाले निर्माण कम्पनीलाई ढुक्क भएर निर्माण कार्यलाई तिव्रता दिन अनुरोध गर्नु भएको छ ।
हुलाकी राजमार्गमा जथाभावी हाइमस्ट लाईट राखेकाले दुर्घटनाको कारण बन्न सक्ने भएकाले स्थानीय तहले आयोजनासँग समन्वय गरि पुर्व स्वीकृति लिएर मात्र राख्नु पर्ने प्रमुख जिल्ला अधिकारी खरेलले बताउनु भएको छ । खरेलले बर्दिया खण्डको हुलाकी राजमार्गमा पायक पर्ने ठाउँमा शौचालय र गाडी पार्किङ्ग आवश्यक रहेकाले योजना कार्यालय, स्थानीय तह र वन कार्यालयसँग समन्वय गरी कामलाई अगाडी बढाउने जानकारी दिनु भएको छ । वातावरण मैत्री रुपमा कामलाई अगाडी बढाउन निर्माण कम्पनीलाई सुझाव दिनु भयो । अनुगमनका क्रममा गुलरिया नेपालगंज हुलाकी राजमार्गमा भौतिक निर्माणको काम उत्साह जनक रुपमा भैरहेको तर बजेटको अभाव भएको देखिएकाले बजेट निकासाका लागि स्थानीय प्रशासन र सरोकारवाला निकायले पहल गर्ने बताउनु भएको छ ।
२६ °C काठमाडौं
Facebook Comments