• ५ वैशाख २०८३, शनिवार
  • २६ °C काठमाडौं
जंगली हात्तीद्वारा घर भत्किएका परिवारलाई लघु घर विमा बापतको चेक हस्तान्तरण 

हरि गुरुङ, १४ माघ, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ खातामा अवस्थित खाता सामुदायिक वन समन्वय समितिले जंगली हात्तीद्वारा घर क्षती भएका ब्यक्तीका परिवारलाई चेक हस्तान्तरण गरेको छ । मधुवन नगरपालिका वडा नं–१ का वडा अध्यक्ष मीन बहादुर थापा र वडा सदस्य राम चरण चौधरीद्वारा चेक हस्तान्तरण गरिएको हो ।

तराई भु–परिधी कार्यक्रम (ताल) कोहलपुर बाँकेको आर्थिक सहयोगमा खाता सामुदायिक वन समन्वय समितिको कार्यक्षेत्र भित्र रहेको मधुवन नगरपालिका वडा नं १, २, ३, ४ र ५ वडा गरि ४ हजार २ सय ८२ घरधुरी लघु घरविमा गरिएको छ । १५ घरधुरीले लघु घरविमा पाइसकेका  छ्न । जस्मा ७ जना दैवीप्रकोप आगलागी र ८ जना हात्तीबाट भएको क्षतीको थियो । 
पौष १४ गते राती जंगली हात्तीले माया परियार र शान्ता दमाईको घर भत्काएको थियो ।

आइतबार उनीहरुलाई चेक हस्तान्तरण गरिएको हो । लघु घरविमामा दैवीप्रकोप वा जंगली वन्यजन्तुले घर क्षती पुर्याएमा १ लाख ५० हजार रुपैयाँसम्म पाउने छन । यस बर्ष पनि खाता सामुदायिक वन समन्वय समिति मधुवन नगरपालिका वडा नं–३ खाताले लघु घरविमा नवीकरण गर्ने भएको छ ।

सम्बन्धित समाचार

Facebook Comments