स्टान बर्दियाको अध्यक्षमा पराजुली सर्वसम्मत
प्रभात सुवेदी, १३ माघ गुलरिया (बर्दिया) । विज्ञान शिक्षक समाज नेपाल (स्टान) बर्दियाको अध्यक्षमा नारायण पराजुली सर्वसम्मत चयन हुनु भएको छ । शनिबार गुलरिया स्थित बगलामुखी राधाकृष्ण थारू माध्यमिक विद्यालयमा सम्पन्न पहिलो अधिवेशनले पराजुलीसहित १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
उपाध्यक्षमा विनोद पन्थी श्रीवागेश्वरी मावि गुलरिया, सचिव गणेश बहादुर विष्ट श्रीबालज्योति मावि गुलरिया, कोषाध्यक्ष केशव बहादुर सुनार श्रीकिसान मावि बारबर्दिया, सहसचिव विदुर केसी श्रीचुरेमावि बगनाहा सर्बसम्मत चयन हुनु भएको छ । त्यस्तै सदस्यहरुमा सुरेन्द्रबहादुर चौधरी श्रीखैरावांग आवि गेरुवा, यादवप्रसाद शर्मा श्रीमानपुर मावि टपरा राजापुर, संजिव चौधरी शिवदुर्गा मावि मधुवन दुर्गापुर, मदन कुमार चुनारा, जनता आधारभुत विद्यालय ठाकुरबाबा तुल्सीपुर, शक्तिकुमार चौधरी भृकुटी मावि बाँसगढी डेउढाकला, संजय आचार्य अंशुवर्मा मावि बारबर्दिया मगरागाडी, अर्जुन भुसाल कोटही मावि गुलरिया, शिवहरी ज्ञवाली जयकालिका मावि बढैयाताल मुनालवस्ती चयन हुनु भएको छ ।
स्टान लुम्बिनी प्रदेश संयोजक तथा केन्द्रिय सदस्य यमनाथ पौडेलको अध्यक्षतामा यमनाराय धिताल र आशा रजौरे सहितको तिन सदस्यीय निर्वाचन मण्डलले सर्बसम्मतरूपमा पदाधिकारीहरू चयन गरेको हो । समावेसी सदस्य ३ जना, प्रदेश प्रतिनिधि र केन्द्रीय प्रतिनिधि जिल्ला समितिले नै मनोनयन गर्ने प्रावधान रहेकोले पछि गर्ने बताईएको छ । त्यस्तै सल्लाहकारहरुमा मतिराम शर्मा, भक्तिसागर रेग्मी, यादव प्रसाद रेग्मी, सुनिल यादव, थिरबहादुर वली, सरोज झा, प्रभात सुवेदी, गोविन्दहरी शर्मा सर्बसम्मत चयन हुनु भएको छ । अधिवेशनको उद्घाटन शिक्षा विकास तथा समन्वय एकाइ बर्दियाका अधिकृत शेर बहादुर रोकाले गर्नुभएको थियो ।
नारायण पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथिहरू स्टान लुम्बिनी प्रदेश संयोजक तथा केन्द्रिय सदस्य यमनाथ पौडेल, स्टान बाँकेका अध्यक्ष यमनारायण धिताल, श्री बगलामुखी राधाकृष्ण थारू मा. वि., गुलरियाका प्रधानाध्यापक मतिराम शर्मा हुनुहुन्थ्यो । उक्त कार्यक्रमको उद्घाटनगर्दै शिक्षा विकास तथा समन्वय एकाइ बर्दियाका अधिकृत शेर बहादुर रोकाले विज्ञान शिक्षकहरूले प्रयोगात्मक क्रियाकलाप र परियोजना कार्यमा जोड दिनुका साथै विद्यार्थीहरूको सिकाइ उपलब्धि वृद्धि हुने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । नवनिर्वाचित कार्यसमितिले शैक्षिक गुणस्तर बृद्धि हुने विस्वास उहाँको छ । स्टानले युट्युब च्यानल सञ्चालन गरी सबै शिक्षकहरूलाई उपयोगी सामग्रीहरू राख्दा विज्ञान शिक्षकहरूलाई शिक्षणमा सहज हुने कुरा बताउनुभयो ।
स्टान बर्दिया जिल्लाको सक्षम नेतृत्व छनोट प्रति शुभकामना दिनुभयो । कार्यक्रममा स्टान लुम्बिनी प्रदेश संयोजक तथा केन्द्रिय सदस्य यमनाथ पौडेलले स्टानले गरेका गतिविधि उल्लेखगर्दै शिक्षक तालिम र विद्यार्थीहरूका लागि हाजिर जवाफ प्रतियोगिता, निबन्ध प्रतियोगिता, विज्ञान प्रदशनी तथा शिक्षक तालिम लगायतका कार्यक्रम आयोजना गरेको बताउनु भयो । स्टान बर्दिया जिल्ला समितिका सर्वसम्मत रूपमा निर्वाचित पदाधकारीहरुलाई स्टान लुम्बिनी प्रदेश संयोजक तथा केन्द्रिय सदस्य यमनाथ पौडेलले स्टानको विधान २०६६ को प्रथम संशोधन २०८० अनुसार सपथ सपथ ग्रहण गराउनु भयो । निर्वाचित पदाधिकारीहरूलाई स्टान बाँके अध्यक्ष यमनारायण धिताल, बगलामुखी राधाकृष्ण थारू मा. वि., गुलरियाका प्रधानाध्यापक मतिराम शर्मा र स्टान लुम्बिनी प्रदेश संयोजक तथा केन्द्रिय सदस्य यमनाथ पौडेलले निर्वाचित पदाधकारीहरुलाई बधाई तथा शुभकामना दिनु भएको छ ।
सफत ग्रहण कार्यक्रमपछि विशिष्ट अतिथिहरूले नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना मन्तव्य दिनुभएको थियोे । निर्वाचित स्टान अध्यक्ष नारायण पराजुलीले आफ्ना भावी योजनाहरूको जानकारी गराउँदै विज्ञान शिक्षकहरूको तालिम लगायत विद्यार्थीहरूको सिकाइ उपलब्धि वृद्धि गर्ने कार्यक्रमा जोड दिने कुरा बताउनु भयो । कार्यक्रममा बर्दिया जिल्लाका विभिन्न पालिकाका कार्यसमितिका अध्यक्ष लगायत अन्य पदाधिकारीहरू, विज्ञान शिक्षकहरू र पत्रकारहरूको उपस्थिति रहेको थियो ।
२२ °C काठमाडौं
Facebook Comments