• १२ वैशाख २०८३, शनिवार
  • २१ °C काठमाडौं
बर्दियाको राजापुरलाई लुम्बिनी प्रदेशकै नमुना शहर बनाईंदै 

केशव कोइराला, १३ माघ, राजापुर (बर्दिया) । लुम्विनी प्रदेशका ५ स्थान मध्ये बर्दियाको राजापुरलाई नमुना शहरको रुपमा बिकास गरिने भएको छ । लुम्विनी प्रदेशका ग्रामीण, खानेपानी तथा शहरी विकास मन्त्री कृष्णा केसीले बर्दियाको राजापुरलाई नमूना शहरको रुपमा बिकास गर्ने बताउनु भएको छ । 

बिज्ञहरुको टोली सहित स्थलगत अध्ययन गर्न आउनु भएकी मंत्री केसीले यस्तो बताउनु भएको हो । प्रदेसका कपिलबस्तुको तिलौराकोट, दाङको कोइलावास, पुर्विरुकुमको रुकुमकोट, बाँकेको नरैनापुर र बर्दियाको राजापुरलाइ नमूना शहरको रुपमा बिकास गर्न लागेको मंत्री केसीले जानकारी दिनुभयो । साना शहरी पूर्वाधार कार्यक्रम यसै आर्थिक बर्षवाट शुरु हुनेगरि धार्मिक भौगोलिक ऐतिहासीक, पर्यटकिय, भौगोलिक बिविधता एवं अन्तराष्ट्रिय सम्वन्ध लगायतका बिशेषताका आधारमा स्थान तय गरिएको उहाँले प्रष्ट्याउनु भयो । 

राजापुर नगरपालिका भित्र नमूना शहरहरुको स्थलगत अवलोकनगर्दै आधुनिक घर बनाउँदा हुन सक्ने सम्भावित जोखिमलाइ समेत हेरेर क्षेत्र तय गर्न सुझाउदै माघ महिनाको २५ गते भित्र राजापुर नगरपालिकाले बिस्तृत प्रतिवेदन मंत्रालयमा पेश गर्नुपर्ने बताउनुभयो । झण्डै ३ अर्वको लगानिमा नमूना शहर निर्माण शुरु गरिने छ । स्थल अनुगमनमा मंत्री केसीसँगै लुम्विनी प्राबिधिक बिश्व बिद्यालयका कुलपति डा कृतिकुशम जोशी सचिव रेकवहादुर भण्डारी राजापुर नगरपालिकाका प्रमुख दिपेश थारु, उप प्रमुख मनकला कुमारी चौधरी वडा नं ३ देखि १० का वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत महेन्द्र जङ्ग शाही,बिपत फोकल पर्सन खुशी राम चौधरी, बर्दिया उद्योग बाणिज्य संघका अध्यक्ष केदार थापा सहभागी थिए ।

सम्बन्धित समाचार

Facebook Comments