बिद्या ज्योति माविका शिक्षक थापाको बिदाइ
दलबहादुर सुनार, १३ माघ, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयाताल गाउँपालिकाको कण्ठपुरमा अवस्थित बिद्या ज्योति माध्यामिक बिद्यालयका सेवा निबृत्त शिक्षक मन बहादुर थापालाई बिदाइ गरिएको छ । माघ २ गते अनिवार्य अवकास पाउनु भएका थापालाई विद्यालयमा भब्य कार्यक्रमको आयोजना गरि बिदाई गरिएको छ ।
अध्यापनका क्रममा ३६ बर्ष ११ महिना एउटै बिद्यालयमा अध्यापन गराउदै आउनु भएका शिक्षक थापा उमेर हदको कारण अनिबार्य अबकास भयपछि उहाँलाई फुलमाला र दोसल्ला ओढाएर कदर पत्रसहितको सम्मानका साथ बिद्यालयले बिदाइ गरेको बिद्यालयका प्रध्यानाध्यापक भक्तिसागर रेग्मीले जानकारी दिनुभयो । लामो समय सम्म एउटै बिद्यालयमा पठन पाठनगर्दै आउनु भएका थापाको बिदाइमा उपस्थित भएका सहकर्मी शिक्षक तथा बिद्यार्थी भाबुक बनेका थिए ।
थापाले विक्रम सम्बत् २०४४ सालमा शिक्षण पेशामा प्रवेश गर्नु भएको थियो । अंग्रेजी विषय शिक्षकका रुपमा उहाँले शैक्षिक बिकासमा योगदान पुर्याउँदै अंग्रेजी विषय शिक्षक माध्यमको संयोजक समेत रही महत्वपुर्ण भुमिका निर्वाह गर्नु भएकोले उहाको शिक्षण पेशामा गरेको योगदानको उच्च मूल्यांकन गरी कदर पत्र प्रदान गरिएको प्रध्यानाध्यापक रेग्मीको भनाई छ । उहाँ कुशल, अनुभवी, मिलनसार र शिक्षण पेशामा अब्बल मानिनु हुन्थ्यो । सेवा निबृत्त शिक्षक थापालाई बिद्यालयले प्रसंशा, तथा फुलमाला, खादा र दोसल्ला ओढाएर सम्मानगर्दै घर सम्मै पुर्याएको थियो ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बसन्तसिंह ठकुरीको अध्यक्षता तथा बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिद्यालयका पुर्व बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष, शिक्षक बिद्यार्थी, अभिभावक लगायतले उहाले शिक्षण पेशामा गर्नु भएको योगदानको उच्च मुल्यांकनगर्दै सेवा निबृत्त पछिको जीवन सुखमयको शुभकामना ब्यक्त गर्नु भएको थियो । बिद्यालयका शिक्षक कृष्ण बहादुर रानाभाटले सञ्चालन गर्नु भएको बिदाई कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका सदस्य, पुर्व अध्यक्ष, अभिभावक संघका अध्यक्ष, शिक्षक, बिद्यार्थी लगायत सहभागी रहेको बिद्यालयका सहप्रध्यानाध्यापक पुष्पराज पौडेलले जानकारी दिनुभयो ।
२१ °C काठमाडौं
Facebook Comments