खसी चोरेर भारत लैजाँदै गरेका दुइ युवा प्रहरीको फन्दामा
दलबहादुर सुनार, १२ माघ, बढैयाताल (बर्दिया) । खसी चोरेर बिक्रीको लागि भारततर्फ जादै गरेका दुई युवा कालिका प्रहरीको फन्दामा परेका छन् । गुलरिया नगरपालिका वडा नम्बर ४ का २६ वर्षीय अनिल गोडिया र २५ वर्षीय लक्ष्मण के.सी. बढैयाताल गाउँपालिका वडा नम्बर ८ स्थित नेपाल भारतको सिवराती पुरुवा सिमा नजिकबाट पक्राउ परेका हुन् ।
कालिका प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरिक्षक पुर्ण बहादुर बोहोराको कमाण्डमा खटिएको गस्ति टोलिले उनिहरुलाई खसि डोर्याएर भारततर्फ लैजादै गरेको अवस्थामा शुक्रवार बिहान अन्दाजी ६ः० बजेको समयमा सिमाबाट नियन्त्रणमा लिएको असई बोहोराले जानकारी दिनुभयो ।
गुलरिया नगरपालिका वडा नम्बर ४ का पुर्व प्रहरी हवलदार चन्द्र बहादुर के.सी.को खोरबाट उनिहरुले खसी चोरेको खुल्न आएको प्रहरीले जनाएको छ । खसी सहित प्रक्राउ परेका दुई जना युवकलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बर्दिया पठाएको कालिका प्रहरी चौकीले जनाएको छ ।
२१ °C काठमाडौं
Facebook Comments