जोखिममा परेका चेलीबेटीलाई माईती नेपालको उद्धारसँगै परामर्श
विष्णु अधिकारी, १२ माघ, गुलरिया (बर्दिया) । हाम्रो आवाज : चेलिबेटी बेचविखनबाट मुक्त समाज भन्ने मुल नाराका साथ मानव वेचविखन तथा नियन्त्रणका लागि कामगर्दै आइरहेको माइती नेपालको आवद्यिक गृह गुलरियाले सन २०२३ मा बर्दियामा गरेको कार्यहरुको अन्तरक्रिया गरेको छ । गृहले सन २०१६ देखि हालसम्म बर्दिया जिल्लामा जोखिममा परेका महिला तथा बालबालिकाहरुलाई कानूनी सेवा, शिक्षा र सिप लगायतका विषयमा सेवा प्रदानगर्दै आइरहको पत्रकारसँगको कार्यक्रममा जानकारी दिईएको छ ।
माइती नेपालले उद्धार गरिएका महिलाहरुलाई आत्मनिर्भर बनाउन विभिन्न सिप मुलक तालिम प्रदानगर्दै आइरहेको माइती नेपाल आवद्यिक गृह गुलरियाकी प्रमुख गायत्री रिमालले बताउनु भयो । सन २०२३ मा जोखिमपूर्ण यात्रामा रही सिमानाबाट उद्धारगरी ३ सय ५ जनालाई आवश्यक परामर्श दिईएको छ । उद्धार गरिएका मध्ये १८ बर्षमुनिका २ सय १५ जना र १८ बर्षमाथिका ९० जना छन् । जसमध्ये जातीगत रुपमा ब्राम्ह्ण, क्षेत्री ७४ जना, दलित ७१ जना, जनजाती १ सय ३४ जना र आदीवासी २६ जना रहेको संस्थाको तथ्याङ्कमा उल्लेख गरिएको छ । गृहले मानव वेचविखन र सुरक्षित बसाई सराईबारे जानकारी दिई पारिवारिक ३ सय १२ जनालाई पारिवारिक पुर्नमिलन र श्रम तथा यौन शोषणमा परेका १ जनालाई उद्धार गरिएको कार्यक्रममा जानकारी दिइएको छ ।
जबरजस्ती करणी मुद्धा दर्ता तथा आवश्यक सहयोग र परामर्श २८ जनालाई गरिएको रिमालले जानकारी दिनु भयो । संस्थामा ४७ जनाको खोजतलासका लागि निवेदन परेकोमा ८ जनाको खोजी गरि परिवारको जिम्मा लगाइएको बताउनु भएको छ । बर्दिया जिल्लामा खुला सिमानाका कारण बाहिरी जिल्लाबाट पनि सिमापार भारत लैजान सजिलो भएकाले उद्धार तथा परामर्श गरिएका ३ सय ५ जना मध्ये ९५ जना अन्यत्र जिल्लाको रहेको कार्यक्रममा जानकारी दिइएको हो । महिला तथा बालबालिका भारतको बाटो हँुदै जोखिमपुर्ण यात्रालाई न्युनिकरणका लागि दुबै देशको संयुक्त सयन्त्र बनाएर काम गर्न सकेमा सहज हुने माइती नेपालको सुझाव छ ।
२० °C काठमाडौं
Facebook Comments