विमा बापतको चेक मृतकका परिवारलाई हस्तान्तरण
गुलरिया, १० माघ । लक्ष्मी लघुवित्त वित्तीय संस्था कुसुम्बाबजार शाखाले विमा बापतको रकम हस्तान्तरण गरेको छ । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ७ तुलापुर केन्द्र नम्बर ८१ की सदस्य लज्जावती गोडियाको निधन पश्चात परिवारका सदस्यलाई एक कार्यक्रमका बिच चेक हस्तान्तरण गरिएको हो ।
संस्थाले गोडीयाको असामयीक निधनप्रति गहिरो दुःख ब्यक्तगर्दै निजले संस्थामा आबद्ध भई कर्जा लिंदा गरिएको कर्जा बिमा मार्फत सदस्यको परिवारलाई कर्जाको विमा रकम, काजकिरिया बाफतको रकम तथा सदस्यको बचत गरी १ लाख २७ हजार ३ सय ९८ रुपैया ७९ पैसा बराबरको चेक गुलरिया नगरपालीका बडा नं. ४ का वडा सदस्य ईस्राइल बेहना मार्फत मृतकको श्रीमान सुरेश गोडियालाई हस्तान्तरण गरिएको वित्तिय संस्था कुसुम्बा बजारका शाखा प्रमुख सुरेन्द्र प्रसाद अवस्थीले जानकारी दिनु भएको छ ।
हस्तान्तरण कार्यक्रममा सस्थाका शाखा प्रमुख अवस्थीले संस्थाकी सकृय सदस्यको असामायिक निधन प्रती गहिरो दुःख ब्यक्तगर्दै संस्थाको सेवा सुबिधा, वित्तीय जानकारी तथा हाल लघुवित्त क्षेत्रमा देखिएका भ्रम तथा समस्याहरुका बारेमा प्रकास पार्नु भएको थियो ।
३० °C काठमाडौं
Facebook Comments