विज्ञान शिक्षक समाज (स्टान) बाँकेको अध्यक्षमा धिताल सर्वसम्मत
प्रभात सुवेदी, ७ माघ, बर्दिया । विज्ञान शिक्षक समाज नेपाल (स्टान) बाँके जिल्ला कार्यसमिति बाँकेको अध्यक्षमा श्रीनारायण माध्यमिक विद्यालय, नेपालगन्ज उपमहा नगरपालिका–११, नेपालगन्ज, बाँकेका विज्ञान शिक्षक यम नारायण धिताल सर्बसम्मत चयन हुनु भएको छ । शनिवार सम्पन्न स्टान बाँके जिल्ला प्रथम भेलाबाट स्टान जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
उपाध्यक्षमा राजन कँडेल श्रीलक्ष्मी मा.वि. कोहलपुर–२ बर्दहवा, सचिव बासु गिरी श्रीनेपाल राष्ट्रिय मा.वि. बैजनाथ–३ नौबस्ता, सह–सचिव मोहन वस्नेत क्षेत्री श्रीजनता नमुना माध्यमिक विद्यालय खजुरा–३ सन्तकुटी र कोषाध्यक्षमा रमेश अधिकारी श्रीज्ञानदीप मा वि डुडुवा–५ डलैपुर बाँके चयन हुनु भएको छ । त्यस्तै सदस्यहरुमा शुसिला केसी श्रीनेपाल राष्ट्रिय आधाभुत विद्यालय राप्ती सोनारी–२ महेन्द्रपुर, कृष्ण कुमार शाही श्रीरारा आधाभुत विद्यालय बैजनाथ–१ गाभर, राजु पौडेल श्रीपशुपति माध्यमिक विद्यालय खकुरा–८ घिया, नवराज गैरे श्रीडाइनामिक ईंग्लिश मेडियम स्कुल बैजनाथ–४ बानियाभार बाँके, सुजन रोकाय श्रीजन ज्ञानज्योति माध्यमिक विद्यालय कोहलपुर –१, कौशिलानगर चयन हुनु भएको हो ।
अधिबेशनमा जिल्ला नेतृत्व चयनको लागि स्टान लुम्बिनी प्रदेशका संयोजकको अध्यक्षतामा धन बहादुर परियार, गिरिराज लम्साल, नारायण प्रसाद पराजुली र बद्री ढकाल सहितको ५ सदस्यीय निर्वाचन मण्डल चयन गरि सर्बसम्मत रूपमा जिल्ला कार्य समिति चयन गरिएको हो । अधिवेशनको उद्घाटन शत्रलाई सम्बोधनगर्दै प्रमुख अतिथी स्टान लुम्बिनी प्रदेश संयोजक तथा स्टान केन्द्रिय सदस्य यमनाथ पौडेलले विज्ञान र प्रविधिको क्षेत्रमा स्टानले काम गरेको उदाहरण दिँदै शिक्षक तालिम र विद्यार्थीहरूका लागि हाजिर जवाफ प्रतियोगिता, निबन्ध प्रतियोगिता, विज्ञान प्रर्दशनी लगायतका कार्यक्रम आयोजना गरेको बताउनु भयो । साथै उहाँले केन्द्रले पठाएको शुभकामना बाचन गर्नु भएको थियो । शिक्षा तथा खेलकुद शाखा अधिकृत रविलाल मिजारले जिल्ला अधिवेशनको पूर्ण सफलताको कामनागर्दै सक्षम नेतृत्व चयनको शुभकामना दिनुभयो ।
विज्ञान शिक्षकहरूले पेशागत हकहितका साथै शैक्षिक गुणस्तर वृद्धि तथा विज्ञान विषयलाई सहज रूपमा अध्यापन गर्ने वातावरण बनाउनु पर्ने उल्लेखगर्दै वैज्ञानिक चिन्तन, सामाजिक मूल्य, मान्यता तथा विद्यार्थीहरूले घरबाट सिकेको संस्कारलाई बुझेर शिक्षण गर्नुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा विशिष्ट अतिथि स्टान दाङका संयोजक गिरिराज लम्साल र स्टान बर्दियाका संयोजक नारायण पराजुलीले पनि स्टानले गरेका गतिविधि उल्लेखगर्दै सक्षम नेतृत्वको लागि शुभकामना ब्यक्त गर्नुभयो । निर्बाचन मण्डलका अध्यक्ष यमनाथ पौडेलले नवगठित कार्य समितिलाई स्टानको विधान प्रथम संसोधन २०८० अनुसार सपथ ग्रहण गराउनु भयो । सफत ग्रहण कार्यक्रमपछि विशिष्ट अतिथिहरूले नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना मन्तव्य दिनुभएको थियोे ।
नवगठित जिल्ला कार्य समितिका अध्यक्ष यम नारायण धितालले स्टानका भावी कार्यक्रमको बारेमा बताउदै शिक्षकको पेशागत विकास र शैक्षिक गुणस्तर वृद्धिमा सक्रियरूपमा लाग्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । नवनिर्बाचित सम्पूर्ण पदाधिकारी लगायत सदस्यहरुलाई स्टान लुम्बिनी प्रदेशका संयोजक यमनाथ पौडेलले बधाईसँगै सफल कार्यकालको शुभकामना ब्यक्त गर्नु भएको छ । विज्ञान शिक्षक समाज नेपाल स्टान बाँके संयोजक धन बहादुर परियारको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि स्टान लुम्बिनी प्रदेश संयोजक तथा स्टान केन्द्रिय सदस्य श्री यमनाथ पौडेल, विशिष्ट अतिथिहरू शिक्षा तथा खेलकुद शाखा, कोहलपुर नगरपालिकाका शाखा अधिकृत श्री रविलाल मिजार, क्त्ब्ल् दाङका संयोजक श्री गिरिराज लम्साल र स्टान बर्दिया संयोजक नारायण पराजुली, पत्रकार, बाँके जिल्लाका सामुदायिक र सस्थागत विज्ञान शिक्षकहरूको उपस्थिति रहेको थियो ।
१९ °C काठमाडौं
Facebook Comments